राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने « Khabarhub

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले विभिन्न १६ बुँदे निर्णय गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संगठन, आगामी कार्यक्रम र समसामयिक राजनीतिक परिस्थितिसम्बन्धी १६ बुँदे निर्णय पारित गरेको छ।

बैठकले सबै तहका पार्टी संरचनाको म्याद विधान अनुसार ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ। यससँगै अध्यक्ष लिङ्देनसहित तलैसम्मका कार्यसमितिको कार्यकाल ६ महिनालाई लम्बिएको छ । अब ६ महिनापछि मात्रै राप्रपाले महाधिवेशन गर्ने छ ।

उता मुलुकको वर्तमान परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने पनि बैठकले तय गरेको छ।

पूर्वराजा, राजनीतिक दल र जेन-जी आन्दोलनबीच नयाँ समझदारी निर्माण गर्न दबाब सिर्जना गर्ने उद्देश्यले मंसिर २३ गते काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

देशव्यापी सभा र प्रदर्शन आयोजना तथा व्यवस्थापनका लागि प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रवीन्द्रप्रताप शाह र सह-महामन्त्री धन बहादुर बुढा सम्मिलित समिति पनि गठन भएको छ।

समान विचार भएका दल, अभियान र व्यक्तिसँग सहकार्य, मोर्चा र एकताको लागि वरिष्ठ उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुव बहादुर प्रधान रहेको वार्ता समिति गठन गरिएको छ।

अनुशासन समितिको सिफारिसअनुसार मधेश प्रदेश सभा सदस्य कञ्चन बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्ने र उनलाई प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय भएको पनि श्रेष्ठले बताए ।

महाधिवेशन, संगठन तथा सदस्यतासम्बन्धी प्रक्रियालाई अघि बढाउन विभिन्न समितिहरू गठन गरिएको बैठकले जनाएको छ।

विधान संशोधनका लागि निरञ्जन थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ। सक्रिय सदस्यता वितरण निर्देशिका तयार गर्न अलग समिति गठन गरिएको छ भने केन्द्रीय निर्वाचन समितिमा दुई नयाँ सदस्य थपिएका छन्।

राप्रपा बागमती प्रदेशका पूर्वसभामुख भुवन पाठकलाई पुनः महामन्त्रीको जिम्मेवारीमा स्वागत गरिएको पनि बैठकमा जानकारी गराइएको छ।

जेन-जी आन्दोलनमा सहभागी भएकै कारण कार्यकर्तामाथि थुनथान र धरपकड भएको आरोप लगाउँदै बैठकले यस्ता कार्यको भर्त्सना गरेको छ।

पार्टीले गैरकानुनी रूपमा थुनामा रहेका कार्यकर्तालाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ७ : ४४ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक