शङ्कर पोखरेल भन्छन्ः सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो « Khabarhub

शङ्कर पोखरेल भन्छन्ः सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढेको धारणा राखेका छन् ।

नेपाल ट्रेड यूनियन महासङ्घ (जिफन्ट)ले आज ‘आठौँ समाजिक सुरक्षा दिवस’ को अवसरमा आयोजित ‘योगदानमा आधारित सामाजिक सुरक्षाः वर्तमान अवस्था र भावी कार्यदिशा’ कार्यक्रममा उनले मानिसलाई भविष्य प्रतिको प्रत्याभूत हुने गरी अगाडि बढाइएयो भने अपराध घटेर जाने बताए ।

महासचिव पोखरेलले समाजमा देखिएको अराजकता, पछिल्लो पटक राष्ट्रप्रति लगाव कमजोर भएर जाने र धर्मसस्कृति मूल्य मान्यताप्रति प्रहार गर्ने जस्ता प्रवृत्तिलाई सुधार गर्ने माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुन सक्ने बताए।

उनले एमालेले लोककल्याणकारी अवधारणा अगाडि सारेर सामाजिक सुरक्षा कार्यक्रम बढाएको भन्दै पहिलो पटक मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम र पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाइएको जानकारी दिए ।

महासचिव पोखरेलले सामाजिक सुरक्षा कार्यक्रमलाई श्रमिक पक्षमा स्थापित गर्ने कुरा हुन नसकेको बताए । उनले अनौचपारिक क्षेत्रका श्रमिकलाई सूचीकरण गरेर सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको जोड दिए ।

उनले कोषले तल्लो तहमा कार्यालय सञ्चालन गर्न सके अझ धेरै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बताए । उनले तत्कालका लागि नभई भविष्यको जीवनको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य छ भनेर कुरा सोच्नुपर्ने बताए ।

नेकपा (एमाले) उपमहासचिव विष्णु रिमालले अनौपचारिक क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा जोड्न सके धेरै श्रमिकको आर्थिक पक्ष राम्रो हुने बताए । उनले स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्न लाग्नुपर्ने बताए ।

कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले हरेक क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सके श्रमिकका धेरै समस्या समाधान हुने बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ९ : २३ बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग