धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते « Khabarhub

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई गुटबीच कुटाकुट भएको छ। नगर पार्टी कार्यालयमा भएको छलफलको बीचमै विवाद चर्किँदा ईश्वर पोखरेल समूहका अनिल राजधामी कुटिएका हुन्।

बिहीबार दिउँसो युवा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर आन्तरिक सहमति गर्ने कि निर्वाचनमा जाने भन्ने विषयमा छलफल सुरु भएको थियो । सोही विषयमा उठेको मतभेद झडपमा बदलिएको सहभागीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै गएपछि राजधामीलाई पार्टी कार्यालयबाट नेपाल बैंक छाता चोकतर्फ तानेर कुटिएको थियो । राजधामीले युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता गर्न नमानेपछि संस्थापन पक्षले उनीमाथि कुटपिट गरेको बताइएको छ ।

कुटपिटबाट घाइते राजधामीलाई तत्कालै विजयपुर अस्पतालमा लगिएकाे थियाे । त्यहा सामान्य उपचारपछि उनी घर फर्किएका छन् । घटनाबारे एमाले नेतृत्वले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १० : २३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब