प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख « Khabarhub

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

स्वास्थ्य हेचरचाहमा नपरेको अंग


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु भएको खवर सामाजिक सञ्जालमा फैलियो ।

सामाजिक सञ्जालमै प्राप्त खबर अनुसार ललितपुरको महाङ्कालस्थित एउटा विद्यालयकी शिक्षिका समेत रहेकी सुभद्रा सापकोटलाई अचानक प्याङक्रियाजमा गम्भीर समस्या देखिएको थियो ।

मङ्सिर ६ गते सिन्धुपाल्चोकका युवकसँग विवाह बन्धनमा बाँधिएकी सुभद्रालाई माइतीले खुसी-खुसी अन्माए पनि केही क्षणमै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो ।

१५ दिनसम्म वीर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएकी उनको मंसिर २० गते मृत्यु भएको थियो । चिकित्सकका अनुसार प्याङक्रियाजमा आउने यस्तो गम्भीर समस्यालाई एक्युट प्याङ्क्रियाटाइटिस भनिन्छ ।

जसमा बिरामीलाई अकस्मात पेट दुख्ने हुन्छ । पछिल्लो समय प्याङ्क्रियाजका बिरामीको संख्या बढ्दै गएको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार नेपालको तथ्यांक ठ्याक्कै नभए पनि यसको विश्वव्यापी तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष २ देखि ३ प्रतिशतलाई प्याङ्क्रियाटाइटिसको समस्या हुन्छ ।

त्यस्तै प्याङ्क्रियाजको क्यान्सर सबैभन्दा धेरै हुने क्यान्सरमध्ये आठौं नम्बरमा पर्ने गरेको चिकित्सक बताउँछन् । प्याङ्क्रियाज भनेको कस्तो अंग हो ? यसले कसरी काम गर्छ ? प्याङ्क्रियाजमा कस्ता कस्ता समस्या आउँछन् ? यसको उपचार के छ ? भन्ने विषयमा पेट तथा कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेलसँग गरिएको कुराकानी ।

प्याङ्क्रियाज कस्तो अंग हो ? यसले कसरी काम गर्छ ?

हाम्रो पेटभित्र सानो आन्द्राको बीचमा विशेषगरी पछाडि पट्टिको भागमा हुन्छ । जसलाई नेपालीमा अग्नासय भनिन्छ । यसको काम भनेको मुख्यगरी खाना पचाउने इन्जाइम बनाउने हो ।

त्यो सँगसँगै सुगर नियन्त्रण गर्ने इन्सुलिन र गुल्कागन जस्ता सुगर घटाउने बढाउने हर्मोनलाई नियन्त्रण गर्ने काम गर्ने भएकाले हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये एक हो । कुनै विशेष कारणले यो अंगमा चोट लाग्छ, जसले गर्दा सुगर तथा खाना पचाउने सम्बन्धी काममा समस्या आउन सक्छ ।

प्याङ्क्रियाज सुगर नियन्त्रण गर्ने इन्सुलिन र गुल्कागन जस्ता सुगर घटाउने बढाउने जस्ता हर्मोनलाई नियन्त्रण गर्ने काम गर्ने भएकाले हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये एक हो ।

प्याङ्क्रियाजमा कस्ता कस्ता समस्या आउँछन् ?
क्यान्सर त शरीरको हरेक अंगमा लाग्ने गर्दछ । त्यसमाथि प्याङ्क्रियाजको क्यान्सर कमन मानिन्छ । विशेष गरेर बढ्दो उमेरसंगसगै धूमपान तथा मद्यपान गर्ने पुरुषहरुमा अलि बढी देखिने गरेको छ ।
त्यस्तै अर्को समस्या भनेको प्याङ्क्रियाटाईटिस कुनै पनि अंग सुन्नियो अथवा चोट लाग्यो भने त्यस्तो अवस्थालाई मेडिकल भाषामा आइटिस भनिन्छ ।

त्यो बाहेक प्याङ्क्रियाजमा सिस्ट पलाउने जस्ता समस्या पनि देखिन्छन् । तर धेरै देखिने भनेको प्याङ्क्रियाटाईटिस र प्याङ्क्रियाज क्यान्सर नै हो ।

प्याङ्क्रियाजमा समस्या भएको कसरी थाहा पाउने ? कस्तो समस्या आउँदा कस्ता लक्षण देखिन्छन् ?
प्याङ्क्रियाजमा धेरै प्रकारका समस्या आउँछन् । जस्तै प्याङ्क्रियाटाईटिसको कुरा गर्ने हो भने प्याङ्क्रियाटाईटिस पनि २ प्रकारको हुन्छ ।
१. एक्युट प्याङ्क्रियाटाईटिस
२. क्रोनिक प्याङ्क्रियाटाईटिस

एक्युट प्याङ्क्रियाटाईटिस : एक्युट भनेको अचानक हुने समस्या जस्तै मान्छे स्वस्थ बसिरहेको बेलामा अचानक पेट दुख्न थाल्छ । त्यसका अन्य कुनै पनि लक्षणहरु देखिँदैनन् । दुखाई पनि कसैलाई साधारण खालको हुन्छ भने कसैलाई एकदमै कठिन हुन्छ ।

त्यो दुखाई पनि माइल्ड एक्युट प्याङ्क्रियाटाइटिस, मोडरेट्ली सिभियर र सिभियर एक्युट प्याङ्क्रियाटाइटिस गरी ३ प्रकारका हुन्छन् । सिभियर एक्युट प्याङ्क्रियाटाइटिसमा मान्छेको ज्यान पनि जानसक्छ ।

एक्युट भनेको अचानक हुने समस्या जस्तै मान्छे स्वस्थ बसिरहेको बेलामा अचानक पेट दुख्न थाल्छ । त्यसका अन्य कुनै पनि लक्षणहरु देखिँदैनन् । दुखाई पनि कसैलाई साधारण खालको हुन्छ भने कसैलाई एकदमै कठिन हुन्छ ।

सिभियर एक्युट प्याङ्क्रियाटाइटिस भएका करिब ३० प्रतिशत बिरामीलाई बचाउन सकिँदैन । माइल्ड एक्युट प्याङ्क्रियाटाइटिस, मोडरेट्ली अवस्थामा भने समयमै उपचार गराउँदा बचाउन सकिन्छ ।

रक्सी धेरै खाने, चुरोट धेरै खाने मान्छेहरु, कुनै कारणले चोटपटक लाग्दा, कुनै इन्फेक्शन वा कुनै औषधीको गलत प्रयोगका कारणले एक्युट प्याङ्क्रियाटाइटिस हुने सम्भावना धेरै हुन्छ ।

त्यस्तै कसैलाई पित्तथैलीमा पत्थरी र त्यो पत्थरी पित्तथैलीको नलीमा आएर अड्कियो भने पनि एक्युट प्याङ्क्रियाटाइटिस गराउने सम्भावना हुन्छ ।

अहिले संसारमा सबैभन्दा धेरै प्याङ्क्रियाटाइटिस हुने कारणमा पहिलो कारण पित्तथैलीको पत्थरी र रक्सी सेवनलाई मानिएको छ ।

क्रोनिक प्याङ्क्रियाटाईटिसः दीर्घकालीन खालको क्रोनिक प्याङ्क्रियाटाइटिस चाहीँ पटक पटक प्याङ्क्रियाज सुन्नियो, चोट लाग्यो भने दिर्घकालीन असर गर्छ । जसलाई क्रोनिक प्याङ्क्रियाटाइटिस भनिन्छ ।

क्रोनिक प्याङ्क्रियाटाइटिस हुँदा प्याङ्क्रियाज नै ड्यामेज हुने भएकाले लामो समयसम्म दुख्ने, सुगर सन्तुलन नहुने, खाना नपच्ने, जिउ सुक्दै जाने, दिसामा तेलीय पदार्थ आउने, जस्ता लक्षणहरु देखिन्छन् ।

यो के कारणले हुन्छ भन्दा यसमा पनि एक्युट प्याङ्क्रियाटाइटिस हुने कारण जस्तै लामो समयसम्म रक्सी खायो भने रक्सीले गर्दा प्याङ्क्रियाजमा चोट लाग्छ । त्यही चोट बढ्दै गएर क्रोनिक प्याङ्क्रियाटाइटिस हुन्छ ।

त्यो चुरोट खाने मान्छेहरुमा पनि यसको सम्भावना धेरै हुन्छ भने जेनेटिक कारणले पनि क्रोनिक प्याङ्क्रियाटाइटिस गराउँछ ।

प्याङ्क्रियाज क्यान्सर : प्याङ्क्रियाज क्यान्सरको कुरा गर्ने हो भने पछिल्लो समय यसको दर बढ्दो छ । हुन त अहिले बढ्दो चेतनाका कारण चेकजाँच गराउनेको संख्या बढेर होला । ४०-५० वर्षभन्दा माथिका जाँडरक्सी खाने चुरोट खाने पुरुषमा पेटको क्यान्सर त्यसमा पनि विशेष गरी प्याङ्क्रियाजको क्यान्सर बढी देखिएको छ ।

प्याङ्क्रियाजको क्यान्सर हुँदा लामो समयसम्म पेट दुख्ने, दुखाई सर्दै गएर ढाडसम्म पुग्ने, खान मन नलाग्ने, बान्ता हुने जस्ता लक्षणहरु देखिएका छन् वा पहिलेदेखि नै प्याङ्क्रियाजमा क्रोनिक खालको समस्या छन भने त्यस्ता व्यक्तिहरुमा प्याङ्क्रियाजको क्यान्सर हुने सम्भवना बढी हुन्छ । त्यसैले यस्ता व्यक्तिहरुले अलिकति सजगता अपनाउनु पर्छ ।

प्याङ्क्रियाजको क्यान्सर वा अन्य समस्या सुरुवाती अवस्थामा थाहा पाउनलाई के कस्ता जाँच गर्नुपर्ने हो ?
विशेष गरी प्याङ्क्रियाजको क्यान्सर पत्ता लगाउन बेला बेलामा स्वास्थ्य जाँचहरु गर्दा भिडियो एक्सरेमा कहिलेकाहीँ देखिनसक्छ । त्यस्तै उमेर बढ्दै जाँदा ट्युमर मार्कर भन्ने रगतमा त्यो जाँच गर्नुपर्ने हुन्छ । जसलाई टीएम नाइन्टी नाइन भनिन्छ ।

विशेष गरी प्याङ्क्रियाजको क्यान्सर पत्ता लगाउन बेला बेलामा स्वास्थ्य जाँचहरु गर्दा भिडियो एक्सरेमा कहिलेकाहीँ देखिनसक्छ ।

अलिकति उमेर बढी मान्छेहरुमा खाना खान मन नलाग्ने, तौल कम हुने, पेट दुख्ने जस्ता लक्षणहरु देखिए भने टीएम नाइन्टी नाइन बढेको हुनसक्छ । यो बढ्दा प्याङ्क्रियाज भयो भनेर बुझ्न सकिन्छ ।

उपचार के कसरी गर्न सकिने हो ? एक पटक भइसकेपछि बाचुञ्जेल औषधी खानुपर्ने हो कि ?
प्याङ्क्रियाजमा देखिने धेरै समस्यामध्ये एक्युट प्याङ्क्रियाटाईटिस, क्रोनिक प्याङ्क्रियाटाईटिस र प्याङ्क्रियाज क्यान्सर गरी मुख्य ३ वटा समस्या हुन् ।

एक्युट प्याङ्क्रियाटाईटिस : एक्युट प्याङ्क्रियाटाईटिसमा एकदमै असह्य दुखाई हुन्छ । त्यस्तो अवस्थाका बिरामीलाई अस्पतालमै भर्ना गरेर दुखाई कम गर्ने औषधी दिने र त्यतिले पनि भएन भने भेन्टिलेटरमै राख्नुपर्ने हुनसक्छ । एक्युट प्याङ्क्रियाटाईटिसका कतिपय बिरामीलाई बचाउन पनि सकिँदैन । त्यसैले बिरामीको लक्षण र अवस्था हेरेर त्यसअनुसारको उपचार हुन्छ ।

क्रोनिक प्याङ्क्रियाटाईटिस : क्रोनिक प्याङ्क्रियाटाईटिस हो भने यो दिर्घकालीन रुपमै प्याङ्क्रियाज ड्यामेज भएको अवस्था हो ।

यसमा बिरामीलाई दुखाई मात्रै भइरहेको छ भने दुखाईको औषधी दिने, सुगर बढेको छ भने सुगर कन्ट्रोल गर्ने, खाना पचिरहेको छैन भने खाना पचाउने औषधी नियमित खाने गर्नुपर्दछ । यो दिर्घकालीन समस्या भएकाले लामो समयसम्म औषधी खानुपर्ने हुँदा यसको उपचार पनि अलि महँगो पर्छ । त्यसैले यो लाग्ने कारण मानिने रक्सी तथा चुरोट सेवनबाट बच्नुपर्छ ।

प्याङ्क्रियाज क्यान्सर : कुन अवस्थामा क्यान्सर पत्ता लागेको छ, त्यो अनुसारको उपचार हुन्छ । जस्तै पहिलो चरणमा क्यान्सर पत्ता लाग्यो भने अप्रेसन गर्न मिल्छ । तर क्यान्सर प्याङ्क्रियाज बाहिर फैलिसकेको छ र शरीरका अन्य अंगहरुलाई जोड्ने नसाहरुलाई समातेको छ भने उपचार गर्न कठिन हुन्छ ।
त्यस्तो अवस्थामा किमोथेरापी गरेर रोकथाम मात्रै गर्न सकिने हो । प्याङ्क्रियाज क्यान्सरमा अन्य क्यान्सर जस्तो रेडियोथेरापीले पनि काम गर्दैन ।

शरीरका अन्य अंगहरुको तुलनामा प्याङ्क्रियाजको रोगप्रति मानिसहरुको सचेतना के कत्तिको छ ?
कोही कोही यसको बारेमा सुनेका मान्छेहरु प्याङ्क्रियाटाइटिस भएको हो कि भनेर आउँछन् ।
तर यसको देखिने गरी लक्षण केही हुँदैन । जस्तै एक्युट प्याङ्क्रियाटाइटिस भयो भने एकदमै कडा खालको पेट दुखाई हुन्छ । त्यसको लागि मान्छेले पहिले नै सचेतना अपनाउने कुरा भएन ।

क्रोनिक प्याङ्क्रियाटाइटि भएको व्यक्तिहरुमा भने तौल कम हुने, खाना नपच्ने, पटक पटक ट्वाइलेट जाने, दिसामा तेल जस्तो पदार्थ जाने जस्ता लक्षणहरु देखिरहेका छन् भने प्याङ्क्रियाजमा केही समस्या छ कि भनेर बुझ्नुपर्छ ।

प्याङ्क्रियाटाइटिस गराउने मुख्य कारक जाँडरक्सी, चुरोट तथा पित्तको पत्थरीलाई मानिएकाले त्यस्ता व्यक्तिमा तौल कम हुने, खाना नपच्ने, पेट दुख्ने जस्ता लक्षणहरु देखिरहेका छन् भने प्याङ्क्रियाटाइटिस हो कि भनेर शंका गर्नुपर्छ ।

मिर्गौला, कलेजोलगायतका अंग प्रत्यारोपण गरेजस्तै प्याङ्क्रियाज पनि प्रत्यारोपण गर्न सकिन्छ भनिन्छ । विश्वमा यस्को अभ्यास कस्तो छ ?
विश्वका विभिन्न देशहरुमा प्याङ्क्रियाज प्रत्यारोपण केन्द्रहरु त छन् । तर यो सानो अंग भए पनि प्रत्यारोपण गर्न अलि अप्ठेरो हुन्छ ।

कलेजो, मिर्गौला मान्छेको मृत्यु भए पनि ८-९ घण्टा राख्न सकिन्छ भने प्याङ्क्रियाज चाहीँ अलिकति चाँडो ड्यामेज हुन्छ । किनकी प्याङ्क्रियाज भनेको आफै इन्जाइम बनाउने अंग भएकाले त्यही इन्जाइमले यसैलाई खाइदिन्छ ।

त्यस्तै के को लागि प्याङ्क्रियाज प्रत्यारोपण गर्ने भन्ने पनि हुन्छ । जस्तै क्रोनिक प्याङ्क्रियाटाइटिस भएर इन्जाइम नपुगेको हो भने इन्जाइम खाँदा मात्रै पनि हुन्छ । किनकी प्रत्यारोपणपछि पनि औषधी त खानै पर्छ ।

त्यस्तै टाइप वान सुगर भएको हो, इन्सुलिन लगाउनुपरेको छ भने आइसलेट प्रत्यारोपण गर्नुपर्छ । प्याङ्क्रियाजमा इन्सुलिन बनाउने कोषहरु हुन्छन, जसलाई आइसलेट सेल भन्छ । त्यसैले पुरै प्याङ्क्रियाज प्रत्यारोपण गर्नुभन्दा पनि आइसलेट सेल मात्रै प्रत्यारोपण गरिन्छ ।

कसै कसैको प्याङ्क्रियाज क्यान्सरले गर्दा प्याङ्क्रियाज नै निकालेको छ भने पनि आइसलेट सेल निकालेर मसलमा केहीमा अरु अंगमा लगेर राखिन्छ । यसबाट इन्सुलेन उत्पादन भइराखोस् । त्यसैले के कारणले गर्दा प्याङ्क्रियाज प्रत्यारोपण गर्नुपरेको हो भन्ने कुरा महत्वपूर्ण हो ।

प्याङ्क्रियाजमा लाग्ने विभिन्न रोगहरुको मुख्य कारण पित्तको पत्थरी बाहेक रक्सी तथा चुरोट सेवन हो ।

अन्तमा तपाईँ पेटरोग विशेषज्ञ भएको नाताले प्याङ्क्रियाजसंगै पेटभित्रका अन्य अंगहरुमा लाग्ने रोगहरुबाट बच्नका लागि के सुझाव दिनुहुन्छ ?
पेटको धेरैजसो रोगहरु हाम्रो खानपिनसंग सम्बन्धित भएकाले मुख्यत : खानपानमा ध्यान दिनुपर्‍यो । जस्तै प्याङ्क्रियाजमा लाग्ने विभिन्न रोगहरुको मुख्य कारण पित्तको पत्थरी बाहेक रक्सी तथा चुरोट सेवन हो ।

त्यसैले खानपानमा ध्यान दिने, घरमा कसैलाई प्याङ्क्रियाजको क्यान्सरसँगै अन्य अंगको क्यान्सर छ अथवा कलजो, ग्याष्टिकको समस्या भने पटक पटक जाँच गराउनुपर्छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : २७ बजे

खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै

काठमाडौं– बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता