रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय « Khabarhub

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल ‘देश विकास पार्टी’ दर्ता गर्ने तयारी तीव्र बनाएका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल सकारात्मक निष्कर्षमा नपुगेमा ललितपुरको ज्वागलमा निर्माणाधीन घरलाई नै पार्टी कार्यालय बनाइने तयारी गरिएको छ।

ज्वागलमा रहेको उक्त घरको बाहिरी संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने भित्री कोठाहरूमा अफिस सेटअपको काम पनि सुरु भइसकेको छ। कार्यालय प्रयोजनका लागि कोठा व्यवस्थापन, फर्निचर र अन्य आवश्यक संरचना मिलाउने काम भइरहेको स्रोतले जनाएको छ।

केही दिनयता बालेन शाह ज्वागलमै रहेका आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर विभिन्न राजनीतिक भेटघाट र छलफलमा सक्रिय छन्। रासपासँग सहकार्यको सम्भावनाबारे निरन्तर संवाद भइरहे पनि अन्तिम सहमति भने भइसकेको छैन।

स्रोतका अनुसार सहमति भए बालेन रासपासँगै अघि बढ्नेछन्। सहमति नभए ‘देश विकास पार्टी’लाई औपचारिक रूपमा अघि बढाउँदै ज्वागलस्थित यही भवनबाट पार्टी गतिविधि सञ्चालन गरिने तयारी छ।

बालेनको सम्भावित नयाँ राजनीतिक कदमलाई लिएर राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १२ : ३८ बजे

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन