गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान « Khabarhub

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको छ । गाउँपालिकाभित्रका ४७ जना किसानलाई जनही  १० हजार प्रदान गरिएको छ ।

यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव, ग्रामीण भेगमा इन्धन सहज रूपमा उपलब्ध नहुने, यन्त्र बिग्रेमा मर्मत गर्न समस्या हुने तर  गोरु पाल्ने किसानका कारण कृषिकर्मलाई निरन्तरता दिन सहिने भएकाले उनीहरूलाई अनुदान दिइएको बिहादी गाउँपालिका अध्यक्ष प्रविण गुरुङले राससलाई जानकारी दिए । 

ती किसानले यान्त्रिक हलो प्रयोग नगरी गोरु पाल्दै आएका छन् भने परम्परागत रुपमा काठको हलो, जुवा, लिड्को प्रयोग गरेर खेती गर्दै आएका छन् । 

छ वडाको बिहादीमा वडा नं १ बाच्छाका सात जना, वडा नंं २ बर्राचौरका १३ जना, वडा नंं ३ रानीपानीका छ जना, वडा नंं ४ वहाकीका एक जना, वडा नंं ५ उरामपोखराका १२ जना र वडा नंं ६ शालिग्रामका सात जना किसानलाई अनुदान रकम प्रदान गरिएको हो । 

यसअघि बिहादी गाउँपालिकाले प्रजननका लागि राँगा पाल्ने कृषकलाई रु १० हजार अनुदान, स्थानीय जातका गाई पाल्ने  कृषकलाई सुत्केरी भत्ता तथा प्रोत्साहन रकम प्रदान गरेको थियो । 

यसैगरी, व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्ने कृषकलाई प्रतिगाई वा भैँसी २० हजार का दरले अनुदान दिइएको छ । 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १२ : ४९ बजे

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन