विदेशी योजनामा नयाँ पार्टी बनेको लिङ्देनको आरोप « Khabarhub

विदेशी योजनामा नयाँ पार्टी बनेको लिङ्देनको आरोप


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको योजना अनुसार केही नयाँ राजनीतिक पार्टी गठन भएको आरोप लगाएका छन् ।

शनिबार झापाको बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै लिङ्देनले आगामी निर्वाचनमा कुन पार्टीले जित्ने वा हार्नेदेखि केही नयाँ राजनीतिक पार्टी गठन समेत विदेशीको योजनामा भइरहेको आरोप लगाएका हुन् ।

उनले मुलुकमा चरम वैदेशिक हस्तक्षेप भएको र संकटको अवस्थामा रहेको बताए । अहिलेको अवस्थामा देशलाई जोगाउनका लागि राप्रपाको विकल्प नभएको उनको भनाइ छ । उनले पुराना भनिएका कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट अब देश नबन्ने उल्लेख गरे ।

त्यस्तै लिङ्देनले चुनाव नै नभएको अवस्थामा केही नयाँ भन्नेहरुले प्रधानमन्त्री पद बाँडफाँड गर्न लागेको तर्क गरे । मुलुकको वर्तमान अवस्था र संविधानबाट देशलाई दुर्घटनाबाट जान रोक्न नसकिने उनले बताए ।

लिङ्देनले देशलाई जोगाउनका लागि चुनावभन्दा अगाडि नै राजा, राजनीतिक दल, जेन-जी युवा र अरु सरोकारवालाको सम्मेलनबाट नयाँ समझदारी कायम गरेर नयाँ व्यवस्था कायम गरेर जानुपर्ने बताए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ०० बजे

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव