एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन « Khabarhub

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई आफ्ना स्थायी कर्मचारीसम्बन्धी अभिलेख अद्यावधिक गर्न समयसीमा तोकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रमुख सचिवस्तरको निर्णयका आधारमा स्थानीय तहलाई पद र सिटरोल दर्ता तथा कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गरी आवश्यक कागजातसहित प्रदेश किताबखानामा बुझाउन निर्देशन दिएको हो ।

कार्यालयका उपसचिव रोहितकुमार कोइरालाले हालसम्म प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको भौतिक अभिलेख प्रदेश किताबखानामा प्राप्त नभएकाले अभिलेख व्यवस्थापनमा कठिनाइ भइरहेकाले यस्तो निर्देशन दिइएको बताए । 

स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ अनुसार सङ्गठन संरचना, पद दर्ता र कर्मचारी अभिलेख राख्ने जिम्मेवारी प्रदेश किताबखानाको भए पनि आवश्यक विवरण नपुगेका कारण काम प्रभावित भएको बताइएको उनले बताए ।  

कार्यालयले सबै स्थानीय तहलाई स्वीकृत सङ्गठन संरचना तथा दरबन्दी विवरणसहित हाल कार्यरत स्थायी कर्मचारी (साविक सङ्घ, स्थानीय सेवा तथा अन्य सेवासमेत)का छुट्टाछुट्टै व्यक्तिगत फाइल तयार गरी एक महिनाभित्र बुझाउन निर्देशन दिएको हो । 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ६ : ५२ बजे

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा