‘विपदमा तीनै तहका सरकारको समन्वय आवश्यक’ « Khabarhub

‘विपदमा तीनै तहका सरकारको समन्वय आवश्यक’


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले विपदमा सबै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि २०८१’ सम्बन्धी अभिमुखीकरणमा मन्त्री बुढाले सरकारले राहतसम्बन्धी नयाँ मापदण्ड ल्याएको बताए । सङ्घ तथा प्रदेश सरकारले राहत दिएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन स्थानीय सरकारबाट हुनुपर्नेमा उनको जोड थियो ।

पहुँचका भरमा काम गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै उनले प्रदेश सरकारले जाजरकोट भूकम्पबाट क्षति पुगेका स्वास्थ्य र शिक्षा क्षेत्रका भौतिक संरचना निर्माणका लागि ५० करोड बजेट विनियोजन गरेको जानकारी दिए । जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावितको काम अगाडि बढ्ने र राहत वितरण जनमुखी हुने मन्त्री बुढाको भनाइ छ ।

प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले विपद् अन्त्य गर्न नसकिने भए पनि न्यूनीकरण गर्न सकिने धारणा राखिन् । उनले ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि’ राष्ट्रिय परिषदबाट स्वीकृत भइसकेकाले यथाशीघ्र लागू हुने चरण गएको बताइन् ।

उनले भनिन्, ‘विपद् पीडितहरूलाई राज्यले धान्नसक्ने स्थिति नभएकाले विश्व बैंकबाट २१ अर्ब सहुलियत ऋण लिइएको छ । यसले पीडितको पीडामा मलम लगाउनेछ ।’ उनका अनुसार प्राधिकरणलाई यतिबेला चार सय ७७ इञ्जिनियर आवश्यक छ । विभिन्न १६ संस्थाले ४५ दिनसम्मको खर्च व्यहोर्ने प्राधिकरणले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले विपद् पूर्वानुमान, तयारी र प्रदेश सरकारले निर्माण गरेको कार्यविधि र योजनाका बारेमा जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ५४ बजे

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती– हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा