राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै « Khabarhub

राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरुको प्रतिवेदन पेस गर्नुका साथै छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १२ः२५ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : ०२ बजे

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर