शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम « Khabarhub

शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले विद्यालयको कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग हुने शैक्षिक सामग्री तयार पार्न थालेको छ ।

दैनिक कक्षाकोठामा शैक्षिक प्रयोजनका निम्ति शैक्षिक सामग्री अनिवार्य प्रयोग हुने भएकाले बाहिरबाट सामग्री खरिद गर्नुभन्दा शिक्षकलाई ज्ञान, सीप प्रदान गरेर स्थानीय सामग्रीबाट निर्माण नगरपालिकाले सुरुवात गरको हो ।

नगरभित्रका ६० विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने शिक्षकलाई शैक्षिक सामग्री निर्माणका लागि व्यावहारिक ज्ञान, सीप दिइएको छ । प्राथमिक तहका ३० र आधारभूत तह र माध्यमिक तहका ३० शिक्षकलाई शैक्षिक सामग्री निर्माणसम्बन्धी सीप सिकाइएको छ ।

शिक्षणकार्यमा सैद्धान्तिक ज्ञान, सीपमात्र नभई व्यावहारिक कुरा शिक्षण गरिनुपर्ने भएकाले विद्यार्थीलाई सरल माध्यमबाट बुझाउन, स्थानीयस्तरमा नै भएका स्रोतसाधन प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम दिइएको नगर शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो । स्थानीयस्तरमा प्राप्त स्रोतसाधनबाट थोरै समय र बिनालगानी शैक्षिक सामग्री निर्माण गरी राम्रो र रमाइलो वातावरणमा कक्षा शिक्षणका सीप सिकाइएको उनको भनाइ छ ।

नगर उपप्रमुख बालकुमारी थापाले शैक्षिक सुधार र विकासका लागि ‘बुक फ्रि फ्राइडे’ लगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र हरेक विद्यालयमा हुने कक्षा शिक्षणलाई प्रभावकारी बनाउन स्थानीय सामग्रीको प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गर्न थालिएको बताए ।

कक्षाकोठामा प्रयोग हुने सामग्री बनाउने तरिका, यसको व्यवस्थापन, प्रयोग विधि, स्रोतसाधनको सङ्कलन, शैक्षिक सामग्रीको प्रस्तुतिकरण कसरी गर्नेलगायत विषयमा सहभागी शिक्षकलाई जानकारी दिइएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ९ : ३३ बजे

ट्रम्पपछि बेइजिङमा पुटिन, विश्व राजनीति चीन–रुस धुरीतर्फ केन्द्रित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको