अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान « Khabarhub

अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान

पोस्टमार्टम सकियो, रिपोर्ट आउन बाँकी


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

धनगढी– दुई किशोरी मृत भेटिएको अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान थालिएको छ । शनिबार मृत फेला परेका ढकारी गाउँपालिका– ८ पल्साताका १४ वर्षीया इसरा खड्का र सरस्वती खड्काको पोस्टमार्टम सकिएसँगै सीआईबीको सहयोगमा अनुसन्धान थालिएको हो ।

किशोरीहरूको सोमबार भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको हो । पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार केही दिनमा रिपोर्ट आउने जनाएको छ। अनुसन्धान जारी रहे पनि पोष्टमार्टम रिपोर्ट पछि घटनाबारे थाहा हुने अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

पोस्टमार्टम हिजो नै सकिए पनि रात परेकाले शव आज मात्रै अछाम लगिँदैछ । ‘पोस्टमार्टम सकियो । रिपोर्ट आएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे तथ्य खुल्न सक्छ । अहिले भन्न सकिने अवस्था छैन । भर्खरै शव ल्याउँदै छौँ । सम्भवतः शव आजै आफन्तलाई बुझाउँछौँ ।’ डीएसपी भण्डारीले भने, 
आफन्तले भने घटनाको अनुसन्धान नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् ।

डीएसपी भण्डारीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म दुईजना नियन्त्रणमा छन् । उनीहरूको पहिचान खुलाइएको छैन ।

किशोरीहरूका आफन्तले हत्या नै भएको दाबी गर्दै अनुसन्धानको माग गरिरहेका छन् । आफन्तले ५ जनाको नाममा जाहेरी दिने तयारी गरेका छन् ।

यसैबीच, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले पनि अनुसन्धानका लागि छुट्टै टोली अछाम पठाएको छ । प्रदेश प्रहरी प्रमुख तथा डीआईजी गणेश चन्दले जिल्ला प्रहरी कार्यालय अछामले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताए ।

ढकारी गाउँपालिका– ८ पल्साताका दुई किशोरी गत शनिबार साँझ जंगलमा मृत अवस्थामा फेला परेका थिए। उनीहरू बाख्रा चराउन शुक्रबार जङ्गल गएका थिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ११ : ५८ बजे

ट्रम्पपछि बेइजिङमा पुटिन, विश्व राजनीति चीन–रुस धुरीतर्फ केन्द्रित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको