अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान « Khabarhub

अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान

पोस्टमार्टम सकियो, रिपोर्ट आउन बाँकी


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

धनगढी– दुई किशोरी मृत भेटिएको अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान थालिएको छ । शनिबार मृत फेला परेका ढकारी गाउँपालिका– ८ पल्साताका १४ वर्षीया इसरा खड्का र सरस्वती खड्काको पोस्टमार्टम सकिएसँगै सीआईबीको सहयोगमा अनुसन्धान थालिएको हो ।

किशोरीहरूको सोमबार भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको हो । पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार केही दिनमा रिपोर्ट आउने जनाएको छ। अनुसन्धान जारी रहे पनि पोष्टमार्टम रिपोर्ट पछि घटनाबारे थाहा हुने अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

पोस्टमार्टम हिजो नै सकिए पनि रात परेकाले शव आज मात्रै अछाम लगिँदैछ । ‘पोस्टमार्टम सकियो । रिपोर्ट आएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे तथ्य खुल्न सक्छ । अहिले भन्न सकिने अवस्था छैन । भर्खरै शव ल्याउँदै छौँ । सम्भवतः शव आजै आफन्तलाई बुझाउँछौँ ।’ डीएसपी भण्डारीले भने, 
आफन्तले भने घटनाको अनुसन्धान नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् ।

डीएसपी भण्डारीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म दुईजना नियन्त्रणमा छन् । उनीहरूको पहिचान खुलाइएको छैन ।

किशोरीहरूका आफन्तले हत्या नै भएको दाबी गर्दै अनुसन्धानको माग गरिरहेका छन् । आफन्तले ५ जनाको नाममा जाहेरी दिने तयारी गरेका छन् ।

यसैबीच, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले पनि अनुसन्धानका लागि छुट्टै टोली अछाम पठाएको छ । प्रदेश प्रहरी प्रमुख तथा डीआईजी गणेश चन्दले जिल्ला प्रहरी कार्यालय अछामले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताए ।

ढकारी गाउँपालिका– ८ पल्साताका दुई किशोरी गत शनिबार साँझ जंगलमा मृत अवस्थामा फेला परेका थिए। उनीहरू बाख्रा चराउन शुक्रबार जङ्गल गएका थिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ११ : ५८ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका