पाथीभरमा केबलकार विवाद वार्ताबाट मिलाउन भोजपुरका दलहरूको आग्रह « Khabarhub

पाथीभरमा केबलकार विवाद वार्ताबाट मिलाउन भोजपुरका दलहरूको आग्रह


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोजपुरका विभिन्न राजनीतिक दल र संघसंस्थाहरूले कोशी प्रदेशको ताप्लेजुङस्थित मुक्कुमलुङ धार्मिकस्थलमा केवलकार निर्माण गर्ने निर्णयपछि उत्पन्न तनाव वार्ताबाट सामाधान गर्न आग्रह गरेका छन् ।

सत्ता साझेदार नेपाली कांग्रेससँगै प्रतिपक्षमा रहेका दल र भोजपुरका विभिन्न संघसंस्थाहरूले संयुक्त विज्ञप्ति निकालेर वार्ताका माध्यमबाट समस्या सामाधन गर्न आग्रह गरेका हुन् ।

‘घटनालाई तनावग्रस्त हुनबाट रोक्न संघर्षरत सरोकारवाला संघसस्था, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको सहभागितामा वार्ता गरी राज्य र अधिकारकर्मी दुवै पक्षबाट बल प्रयोग गर्ने र भिडन्त हुने अवस्थाको अन्त्यका लागि वार्ताबाट समस्या समाधानको बाटो पहिल्याउन र घाइतेहरूको निःशुल्क उपचारका लागि राज्य पक्षसँग जोडदार माग गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यको दमनकारी गतिविधिको विरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले माघ १२ गते राज्य पक्षबाट आन्दोलनकारीमाथि गोली हानिएको घटनाको पनि निन्दा गरेका छन् । शनिबार भएको उक्त झडपमा आन्दोलनकारीमध्ये दुईजनालाई गोली लागेको थियो । प्रहरीतर्फ २० जना घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १ : ५६ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको