साताको अन्तिम नेप्से २५ अंकले बढ्यो  « Khabarhub

साताको अन्तिम नेप्से २५ अंकले बढ्यो 


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम शेयर बजार आज बढेर बन्द भएको छ । आज मंगलबार भएपनि बुधबार र बिहीबार सार्वजनिक बिदा भएकाले गर्दा आज साताको अन्तिम कारोबार भएको हो । 

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा पुगेको छ ।  नेप्से ०.९३ प्रतिशतले बढ्दा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १०५ कित्ता शेयर कारोबार भएको छ । 

१७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर भएको छ । 

आज ३२५ वटा कम्पनी कारोबारमा आउँदा ९५ हजार ९७ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सबै समूह बढेको छ ।

 सबैभन्दा बढी विकास बैंक समूह ४.०७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : ११ बजे

प्रदर्शन र चौतर्फी दबाबपछि युक्रेनी राष्ट्रपतिले गरे सेनाध्यक्ष बर्खास्‍त

काठमाडौँ – व्यापक जनप्रदर्शन र राजनीतिक दबाबपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर

कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज !

पैसाको संकटले पार्टी चलाउन फिटफिटी परेपछि २०१५ सालमा बीपी कोइरालाले

विश्वकप-२०२६ का १० अविस्मरणीय क्षण

३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर।

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र