तेस्रो दोलखा महोत्सव फागुनमा, एक सय ४० स्टल रहने « Khabarhub

तेस्रो दोलखा महोत्सव फागुनमा, एक सय ४० स्टल रहने


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

दोलखा– आउँदो फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ आयोजना गरिने भएको छ।

निजी क्षेत्रलाई थप चलायमान बनाउँदै जिल्लाको सबै क्षेत्रलाई समेटेर दोलखा उद्योग वाणिज्य संघको आयोजनामा १२ दिने महोत्सव हुन लागेको हो ।

तेस्रो दोलखा महोत्सव जिल्ला सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा हुन लागेको उद्योग वाणिज्य संघ दोलखाले जनाएको छ । महोत्सवको तयारीलाई आयोजक संस्था वाणिज्य संघले तीव्र पारेको छ।

तेस्रो महोत्सवको आकर्षक एक लाख पुरस्कार सहितको बागमती प्रदेश स्तरीय दोहोरी आइडल प्रतियोगिता तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको नियमित प्रस्तुति रहने छ। त्यसैगरी महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवर्धन गर्न  एक सय ४० वटा स्टल रहने उद्योग वाणिज्य संघ दोलखाका महासचिव सुरेश उप्रेतीले जानकारी दिए।

महोत्सवका स्टलमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, संघ संस्था ,विद्यालय ,उद्योगी व्यवसायीका उत्पादन लगायत प्रदर्शनीमा राखिने महासचिव उप्रेतीले बताए ।

महोत्सवमा दोलखाका पर्यटकीय स्थलको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने छ । महोत्सवमा कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरू र विद्यालयस्तरीय प्रतियोगिताहरू पनि सञ्चालन गरिनेछ ।

दोलखाका विभिन्न जातजाति, भाषाभाषीका कला संस्कृति समेटिएको प्रस्तुति, झाँकी प्रदर्शन गरिने उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवले दोलखा जिल्लालाई पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका रूपमा उभ्याउन आर्थिक विकासमा फड्को मार्ने खुड्किलो बन्ने तथा सुस्त व्यापार व्यवसायलाई थप चलायमान बनाउन टेवा पुग्ने अपेक्षा आयोजकले गरेको छ।आयोजकले स्टल बुकिङ सँगै दोहोरी आइडलको आवेदन समेत खुल्ला गरिसकेको छ।

दोलखा उद्योग वाणिज्य संघले गत वर्ष पनि पुसमा सफल रूपमा बृहत् महोत्सव सम्पन्न गरेको थियो।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ५ : ३३ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा