७६ किलो गाँजासहित दुई जना पक्राउ « Khabarhub

७६ किलो गाँजासहित दुई जना पक्राउ


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सा प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका-४ भथौराका १९ वर्षीय अर्जुन महतो र वडा नम्बर १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन्।

उनीहरूलाई बुधबार पर्साका अलग(अलग ठाउँबाट गाँजासहित पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

मिश्रका अनुसार बुधबार १ बजे जिराभवानी गाउँपालिका-३ जितपुरस्थित सडकखण्डबाट महतो समातिएका हुन्। नौकाटोलबाट जितपुरतर्फ आउँदै गरेका पैदलयात्री महतोले दुवै हातमा प्लाष्टिकका झोला बोकेका थिए।

‘इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले महतोले बोकेको दुई झोलामा २३-२३ किलो गाँजा बरामद गरेको हो,’ मिश्रले भने। सोही दिन पटेर्वासुगौली गाउँपालिका गाउँपालिका-१ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको सडकखण्डबाट अन्सारी समातिएका थिए।

भाठा मन्दिरबाट सिकारी बासस्थान आउँदै गरेका अन्सारीले तीन वटा पोका बोकेका थिए। इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र निकुञ्जस्थित जबुज गण सुरक्षा पोस्ट भाठाको टोलीले अन्सारीलाई ३० किलो गाँजासहित पक्राउ गरेको थियो।

पक्राउ परेका दुवै जनालाई प्रहरीले हिरासतमा राखेर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ३९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन