७६ किलो गाँजासहित दुई जना पक्राउ « Khabarhub

७६ किलो गाँजासहित दुई जना पक्राउ


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सा प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका-४ भथौराका १९ वर्षीय अर्जुन महतो र वडा नम्बर १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन्।

उनीहरूलाई बुधबार पर्साका अलग(अलग ठाउँबाट गाँजासहित पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

मिश्रका अनुसार बुधबार १ बजे जिराभवानी गाउँपालिका-३ जितपुरस्थित सडकखण्डबाट महतो समातिएका हुन्। नौकाटोलबाट जितपुरतर्फ आउँदै गरेका पैदलयात्री महतोले दुवै हातमा प्लाष्टिकका झोला बोकेका थिए।

‘इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले महतोले बोकेको दुई झोलामा २३-२३ किलो गाँजा बरामद गरेको हो,’ मिश्रले भने। सोही दिन पटेर्वासुगौली गाउँपालिका गाउँपालिका-१ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको सडकखण्डबाट अन्सारी समातिएका थिए।

भाठा मन्दिरबाट सिकारी बासस्थान आउँदै गरेका अन्सारीले तीन वटा पोका बोकेका थिए। इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र निकुञ्जस्थित जबुज गण सुरक्षा पोस्ट भाठाको टोलीले अन्सारीलाई ३० किलो गाँजासहित पक्राउ गरेको थियो।

पक्राउ परेका दुवै जनालाई प्रहरीले हिरासतमा राखेर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ३९ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको