मौलापुर मेलामा रामापालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट « Khabarhub

मौलापुर मेलामा रामापालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजित छैटौँ मधानी महोत्सवको अवसरमा लागेको मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट गरिएको छ।

मेलामा घुमी-घुमी राम पालको किताब च्यात्दै बेच्नेहरूलाई दिन्दुवादी युवाहरूको समूहले कुटपिट गरेका हुन् ।

किताब च्यातेपछि राम पालका अनुयायी र युवाहरूबीच झडप हुँदा दुवैतर्फका मानिसलाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार राय बताए।

राम पालका अनुयायीमध्ये एक जनालाई बढी चोटपटक लागेर मौलापुरस्थित एक अस्पतालमा भर्ना हुने स्थिति देखिएसँगै प्रहरीले हिन्दुवादी युवामध्ये एक जनालाई  नियन्त्रणमा लिएको थियो।

घाइतेको अवस्था सामान्य भएपछि पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय मौलापुरले जमानीमा छोडेको छ।

त्यसैगरी, महाशिवरात्रीको अवसरमा शिवनगर महादेव स्थानमा लागेको मेलामा राम पालको किताब बेच्ने समूह र युवा समूहबीच घम्साघम्सी भएको थियो।

मेलाछेऊ पुलमा दुवै समूहबीच झडप हुने स्थिति भएको थियो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिवनगरबाट गएको टोलीले दुवै समूहलाई धपाउँदा कुटपिट हुनबाट जोगिएको सई बब्लुकान्त झाले बताए।

यौन हिंसालगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन बिताइरहेका भारतीय नागरिक राम पाललाई उनका अनुयायीले भगवान् मानेर किताब बिक्री गरेको र सोझा मानिसलाई भ्रममा पारेको भन्दै हिन्दुवादी युवाहरूले प्रदेशभरि विरोध गर्दै आएका छन्।

मौलापुरमा पाँच दिने महायज्ञ मेला बिहीबार सम्पन्न भएको थियो । –न्युजकारखानाबाट

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : २३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण