मौलापुर मेलामा रामापालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट « Khabarhub

मौलापुर मेलामा रामापालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजित छैटौँ मधानी महोत्सवको अवसरमा लागेको मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट गरिएको छ।

मेलामा घुमी-घुमी राम पालको किताब च्यात्दै बेच्नेहरूलाई दिन्दुवादी युवाहरूको समूहले कुटपिट गरेका हुन् ।

किताब च्यातेपछि राम पालका अनुयायी र युवाहरूबीच झडप हुँदा दुवैतर्फका मानिसलाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार राय बताए।

राम पालका अनुयायीमध्ये एक जनालाई बढी चोटपटक लागेर मौलापुरस्थित एक अस्पतालमा भर्ना हुने स्थिति देखिएसँगै प्रहरीले हिन्दुवादी युवामध्ये एक जनालाई  नियन्त्रणमा लिएको थियो।

घाइतेको अवस्था सामान्य भएपछि पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय मौलापुरले जमानीमा छोडेको छ।

त्यसैगरी, महाशिवरात्रीको अवसरमा शिवनगर महादेव स्थानमा लागेको मेलामा राम पालको किताब बेच्ने समूह र युवा समूहबीच घम्साघम्सी भएको थियो।

मेलाछेऊ पुलमा दुवै समूहबीच झडप हुने स्थिति भएको थियो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिवनगरबाट गएको टोलीले दुवै समूहलाई धपाउँदा कुटपिट हुनबाट जोगिएको सई बब्लुकान्त झाले बताए।

यौन हिंसालगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन बिताइरहेका भारतीय नागरिक राम पाललाई उनका अनुयायीले भगवान् मानेर किताब बिक्री गरेको र सोझा मानिसलाई भ्रममा पारेको भन्दै हिन्दुवादी युवाहरूले प्रदेशभरि विरोध गर्दै आएका छन्।

मौलापुरमा पाँच दिने महायज्ञ मेला बिहीबार सम्पन्न भएको थियो । –न्युजकारखानाबाट

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : २३ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना