रास्वपाबाट निर्वाचित काठमाडौंका वडासदस्यको शपथ ग्रहण  « Khabarhub

रास्वपाबाट निर्वाचित काठमाडौंका वडासदस्यको शपथ ग्रहण 


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौं जिल्लाका अधिवेशनसम्पन्न वडाका निर्वाचित पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा काठमाडौं जिल्ला समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा काठमाडौंका ४१ वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई काठमाडौं जिल्ला सभापति प्रदीप बिस्टद्वारा सामूहिक शपथ ग्रहण गराइएको हो । 

उक्त कार्यक्रममा सम्बोधन गर्दै पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले वडा अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिए । साथै समाजको लागि केही गर्छु भनेर राजनीतिमा आएका युवालाई सशक्त ढंगले अघि बढ्न अनुरोध गरे  । 

त्यसैगरी रास्वपाले जनताको भावना अनुसार काम गर्न वडा समितिले गर्नुपर्ने कामहरू थुप्रै रहेको उल्लेख गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । 

उनले वडा समितिले वडा स्तरमा प्रशिक्षण कार्यक्रम, स्थानीय विकासका योजनाहरू तथा वडाका गतिविधिहरूको अनुगमन लगाएका कामहरू गर्नुपर्ने बताए ।  

 केन्द्रीय सदस्य, संसदीय दलका उपनेता एवं सांसद विराजभक्त श्रेष्ठले निर्वाचित सबै सदस्यहरूलाई शुभकामना दिँदै ८४ को निर्वाचनमा रास्वपालाई नम्बर १ पार्टी बनाउने गरी सबैले पार्टी हितको लागि काम गर्नुपर्ने बताए । सो अवसरमा बाग्मती प्रदेश सभापति डा. अच्तुतम लामिछाने लगायतका नेताहरूले मन्तव्य राखेका थिए ।

हालसम्म काठमाडौं जिल्लाका कूल १३८ वडाहरूमध्ये ८१ वटा वडामा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन सम्पन्न भई वडा समिति गठन भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : ०९ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि