‘अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाऔँ’ « Khabarhub

‘अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाऔँ’


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाउनु पर्ने बताएका छन् ।

राष्ट्रिय, निजी तथा आवासीय विद्यालय एसोसिएसनको ८औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता महरले उक्त धारणा राखेका हुन् ।

महरले सरकारलाई बजेटमा यथोचित व्यवस्था गरेर विदेशी विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गर्न सुझाव दिएका छन् । ‘यस प्रकारको छात्रवृत्तिले नेपालको अन्ताराष्ट्रिय सम्बन्ध मजबुत बनाउनुका साथै शिक्षा प्रणालीमा विश्वसनीयता समेत निर्माण गर्न मद्दत पुग्छ। शिक्षा भूराजनीतिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण कडी बनेको छ। यस क्षेत्रमा सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ,’ महरले भने ।

नेपाललाई एक प्रमुख शिक्षा हब बनाउनका लागि महरले केही महत्त्वपूर्ण पक्ष प्रस्तुत गरेका छन्। उनले नेपालको भौगोलिक अवस्थिति र असंलग्न परराष्ट्र नीति प्रमुख फाइदाका रूपमा रहेको बताए। 

‘भारत र चीन जस्ता ठूला मुलुकको नजिक रहेको नेपालले व्यापारिक सम्भावना तथा शिक्षा क्षेत्रमा ठूलो योगदान दिन सक्छ। नेपालले प्राकृतिक र जैविक विविधता, आयुर्वेद, पर्वतारोहण र मेडिकल शिक्षा जस्ता क्षेत्रमा अध्ययन तथा अनुसन्धानको ठूलो अवसर प्रदान गर्न सक्छ,’ महरले भने।

उनले नेपालले सही रणनीति र योजनासँग विश्वस्तरीय शिक्षा प्रदान गर्न सम्भव रहेको धारणा राखेका छन्। शिक्षा क्षेत्रमा सही मार्गदर्शन र संशोधनका प्रयोग गरेर नेपाललाई विश्वभरका विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ।

यसका साथै उनले अधिकारको आन्दोलनसँगै कर्तव्य निर्वाहमा नचुक्न निजी क्षेत्रलाई सुझाव दिएका छन्। ‘समाजको हरेक वर्ग आफ्नो अधिकारको सङ्घर्षमा छ। अरुको अधिकारको चिन्ता देखिँदैन। कर्तव्य निर्वाहमा पनि कन्जुस्यायी देखिन्छ। थाती रहेको विद्यालय शिक्षा विधेयकमा पनि सबैले अधिकार मात्र खोजिरहनु भएको छ,’ उनले भने ।

विधेयक पास गर्नका लागि अधिकारका सवालमा सबैले थोरै आफ्नो तर्फबाट सम्झौता नगरे विधेयक ठिक ठाउँमा नपुग्नेमा शंका व्यक्त गर्दै नेता महरले उक्त कुरा बताएका हुन्। त्यसैले विधेयक पास गर्न सबैको दबाबका साथै केही सम्झौता पनि आवश्यक रहेको उनको धारणा छ।

नेता महरले निजी क्षेत्रको लगानी सुरक्षाका सवालमा कांग्रेस दृढ र प्रतिबद्ध रहेको बताएका छन्। ‘कांग्रेस खुला बजारमा विश्वास गर्ने पार्टी हो। ‘थ्री पी- पब्लिक प्राइभेट पार्टनरसिप’ अवधारणाबाट कांग्रेस एक इन्च पछि हट्दैन,’ उनले भने ।

निजी क्षेत्रको लगानी सुरक्षा प्रत्याभूत गराउने सवालमा पार्टी सभापति शेरबहादुर देउवा पनि गम्भीर रहेको उनले प्रस्ट पारेका छन्। सभापति देउवासँग शिक्षा क्षेत्रको लगानी सुरक्षाका विषयमा आफूहरूको छलफल भएको र त्यस विषयमा सभापति देउवाले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रस्ट पारेको महरले स्मरण गरे ।

‘हाम्रो पार्टी सभापतिज्यूले म नेपालको प्रधानमन्त्रीसँग कुरा गर्छु। नेपालको संविधानले निजी लगानीको ग्यारेन्टी गर्ने भनेको छ। त्यस कारण कांग्रेस त्यसभन्दा पछाडि फर्किन सक्ने अवस्था छैन। प्रधानमन्त्रीसँग कुरा गरेर शिक्षा विधेयकमा निजी क्षेत्रको लगानीको आश्वस्तताको विषय पूरा गर्छु भन्नु भएको छ,’ महरले भने। उनले निशंकोच शिक्षा क्षेत्रको समृद्धिका लागि काम गर्न सुझाव दिएका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : १६ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.