‘जर्मनी निकट साझेदार भारतसँग सम्बन्ध थप मजबुत बनाउन चाहन्छ’ « Khabarhub

‘जर्मनी निकट साझेदार भारतसँग सम्बन्ध थप मजबुत बनाउन चाहन्छ’


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले आफ्नो मुलुक भारत लगायत निकट साझेदारसँगको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन् । 

जर्मनीमा सम्पन्न संघीय निर्वाचनपछि जर्मन विदेश नीतिबारे चासो बढिरहेका बेला राजदूत एकरम्यानले भारतसँगको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा राजदूतले बर्लिनमा सरकार परिवर्तन भए पनि भारतसँगको सम्बन्धमा कुनै बाधा उत्पन्न नहुने प्रस्ट पारे । निकटस्थ साझेदार भएकाले जर्मनीले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको उनको भनाइ छ ।

हालै जर्मनीमा सम्पन्न संघीय निर्वाचनमा मध्य दक्षिणपन्थी सीडीयू/सीएसयू गठबन्धन सबैभन्दा ठूलो दल बनेर उदाएको छ । त्यसैगरी, उग्र दक्षिणपन्थी एएफडी पार्टी दोस्रो र निवर्तमान सरकारको नेतृत्व गरिरहेको मध्य वामपन्थी एसपीडीले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

यद्यपि कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन नसकेकोले नयाँ सरकार बन्न अझै केही समय लाग्ने अपेक्षा गरिएको छ । युरोपेली युनियन ईयू र अमेरिकाबीच सम्बन्धमा खटपट उत्पन्न भइरहेका बेला ईयूको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको चुनाव परिणामलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : ५६ बजे

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर

भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’

पोखरा – पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने

बीमाको लोभमा ‘चोरी’को नाटक : आफ्नै सुन पसल लुटिएको भन्दै उजुरी दिने सञ्चालक नै पक्राउ

बुटवल – बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा