महायज्ञमा एकैदिन १० लाख रकम सङ्कलन « Khabarhub

महायज्ञमा एकैदिन १० लाख रकम सङ्कलन


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित बैङ्कटेश लक्ष्मीनारायण मन्दिरमा अक्षय कोष स्थापना तथा मन्दिर मर्मतसम्भार, धर्मशाला निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञमा आज एकैदिन १० लाख रुपैयाँ सङ्कलन भएको छ । 

महायज्ञ मूल समितिका संयोजक गोविन्दप्रसाद रजौरेका अनुसार महायज्ञमा तुलसीपुर–५ का जमुनाप्रसाद गुप्ताले एक लाख १५ हजार दान गरेका छन् । उनले आफ्ना परिवारजनको स्मृतिमा सो रकम दान गरेका हुन् ।

त्यस्तै रायणी रजौरेले आफ्ना पिता उमाकान्त रजौरे, माता गीतादेवी रजौरे, श्रीमान् हरिप्रसाद अधिकारी र भाइ चन्द्रमणि रजौरेको स्मृतिमा एक लाख पाँच हजार दान गरेकी छन् । यसैगरी तुलसीपुर–६ रजौराका गोविन्दप्रसाद लम्सालले एक लाख ११ हजार रुपैयाँ, सोही ठाउँका विजय थापाले एक लाख एक हजार पाँच सय पाँच रुपैयाँ तथा सोही ठाउँकै नवराज रजौरेले एक लाख एक सय ५५ रुपैयाँ दान गरेका छन् । 

त्यस्तै तुलसीपुर–६ का वासुदेव अधिकारीले एक लाख एक हजार रुपैयाँ, संयोजक गोविन्दप्रसाद रजौरेले एक लाख एक सय रुपैयाँ, बाँकेको कोहलपुरका हरिनारायण आचार्यले एक लाख एक हजार एक सय ११ रुपैयाँ तथा सल्यानको पिपल्नेटाका ईश्वरीप्रसाद गौतमले  ५० हजार एक सय पाँच रुपैयाँ रकम दान गरेका छन् । 

महायज्ञको मूल वाचकमा मन्दिरका मठाधिश बाल ब्रह्मचारी स्वामी श्रीकेशव चार्य (सूर्यपाकी) रहेका छन् । महायज्ञमा धाञ्चल, तुलादान, गोवर्धन पूजा, १००८ शालिग्राम प्रदक्षिणा एवं अर्चना, गौपूजा, व्रतबन्ध, लक्ष्यवर्ती प्रज्वलन र ८४ पूजालगायत अवसर प्रदान गरिएको छ । दान गर्ने सबैलाई आजै एक कार्यक्रमबीच सम्मान गरिएको छ । उनीहरूलाई वैष्णव परिषद्  नेपालका केन्द्रीय अध्यक्ष तथा स्वामी देवराजचार्यले दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेका हुन् । 
 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ६ : ३७ बजे

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा खर्च : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना

काठमाडौं बस्ने थारु समुदायले माघी पर्व टुँडिखेलमा मनाउने

काठमाडौं– काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले काठमाडौंको टुँडिखेलमा