राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुँदै, ३५ सय प्रहरी परिचालन « Khabarhub

राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुँदै, ३५ सय प्रहरी परिचालन


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् ।

नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।

सुवेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो भने प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले पनि तीन ठाउँबाट प्रदर्शन गर्ने जनाइसकेको छ ।

राजावादीहरूले तीनकुनेमा प्रर्दशन गर्ने र समाजवादी मोर्चाले भने भृकुटीमण्डपलाई केन्द्र बनाएका छन् 

जसका कारण प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने गरी उपत्यका प्रहरी कार्यालयले योजना बनाएको जनाइएको छ भने  सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् ।

साथै,  प्रदर्शन स्थलमा भनेएसपी अपिल बोहराले खटाउने गरी सुरक्षा व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : २८ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ