इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा भेटियो « Khabarhub

इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा भेटियो


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मंगलबारे– इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ। फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो ।

शव उत्खनन गर्ने कार्य भइरहेको उनले बताए। शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताए। प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ ।
 
देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल  महिला गएको अवस्थामा यही चैत १ गतेदेखि बेपत्ता थिइन् । हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा  उजुरी दिएका थिए । 
 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : ३१ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ