राजावादी समर्थकहरू तीनकुनेबाट अन्यत्र प्रवेशमा रोक  « Khabarhub

राजावादी समर्थकहरू तीनकुनेबाट अन्यत्र प्रवेशमा रोक 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी समर्थकलाई तीनकुनेबाट अन्यत्र प्रवेशमा रोक  लगाइएको छ ।

समाजवादी मोर्चाले साथ रुटबाट जुलुस निकाल्ने भएपछि राजावादी समर्थकलाई तीनकुनेमा मात्र सीमित गरिएको हो । 

प्रहरीका अनुसार तीनकुनेबाट बानेश्वरतिर जुलुस आउन लागेपछि रोक लगाउन आदेश दिइएको छ । 

अहिले तीनकुने भेला भएको राजावादी समर्थकहरू नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि सामान्य धकेलाधकेल भएको छ । 

‘चाबहिल, गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तीनकुने पुग्ने रुटमा राजवादीले अनुमति पाउनुभएको छ ।’ नेपाल प्रहरीका एक अधिकारीले खबरहबलाई भने, ‘उहाँहरू अन्यत्र पनि प्रवेश गर्न रोजे अनुमति दिने आदेश छैन ।’ 

यता चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदीसहितका नेताहरू अगाडि बढेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : २६ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,