तीनकुनेमा प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसे, एकजनालाई गोली लाग्यो « Khabarhub

तीनकुनेमा प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसे, एकजनालाई गोली लाग्यो


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तीनकुनेमा राजादी प्रदर्शनकारीले सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्न बोकेको बन्दुक खोसेका छन् ।

राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्न बोकेको बन्दुक खोसेका हुन् ।

प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा राजावादीले आगजनी गरेका छन् ।

आगो निभाउन पुगेको दमकलमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेको स्थिति नियन्त्रणको प्रयास भइरहेको बताए ।

प्रदर्शनकारीले अन्नपूर्ण पोस्ट् र कान्तिपुरको कार्यालयमा पनि आक्रमण गरेका छन् । त्यसक्रममा एकजनालाई गोली लागेको खबर आएको छ ।

प्रदर्शनकारीको आक्रमणमा सशस्त्र प्रहरीकी एक जवानको टाउको फुटेको छ । अहिले पनि तनाव भएकाले क्षतिको सबै विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : २६ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।