कर्फ्यू लगाएपछि सेना निस्कियो सडकमा, कडा बनाइँदै सुरक्षा | Khabarhub Khabarhub

कर्फ्यू लगाएपछि सेना निस्कियो सडकमा, कडा बनाइँदै सुरक्षा


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राजावादीहरूका कारण तनावग्रस्त काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ ।

राजावादीको आन्दोलन हिंसात्मक बनेपछि तीनकुनेसहितका क्षेत्रमा सरकारले सेना खटाएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू लगाएको थियो । कर्फ्यू लगाइएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित तीनकुने क्षेत्रमा देखिएको हो ।

स्थानीय प्रशासनले शुक्रवार अपराह्न ४ :२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ ।

राजधानीका केही हिंसाग्रस्त क्षेत्रमा सेना परिचालनको आदेश भएसँगै प्रहरीलाई पनि आगजनी गर्नेमाथि गोली चलाउन अनुमति दिइएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : ४२ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।