राजाको नाममा फुटेका थापा र लिङ्देन राजाकै नाममा जुटे (तस्बिरहरू) « Khabarhub

राजाको नाममा फुटेका थापा र लिङ्देन राजाकै नाममा जुटे (तस्बिरहरू)


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छुट्टिएको साढे तीन वर्षपछि कमल थापा र राजेन्द्र लिङ्देन नजिकिन थालेका छन् ।

२०७८ मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अप्रत्यासित रुपमा पराजित भएपछि राप्रपा नेपाल ब्यूँताएका कमल थापाको राजनीतिक कार्यक्रममा सम्भवत: पहिलो पटक राजेन्द्र लिङ्देन सहभागी भए ।

सोमबार काठमाडौंको रत्नपार्कमा आयोजित कार्यक्रममा राजेन्द्र लिङ्देन पुग्दा राजावादी पंक्ति उत्साहित देखिएको छ ।

सडकमै राखिएको कुर्सीमा एकसाथ यी दुई नेता बसेपछि राजा र हिन्दुवादी खुसी भए । कमल थापा सँगैको कुर्सीमा बस्न पुग्दा लिङ्देनले दाजु भनेर सम्बोधन गरेका थिए ।

लिङ्देनको उपस्थितिले थापा पनि हँसिलो मुद्रामा देखिए । २०७८ मंसिरको महाधिवेशनपछि लामो समय नबोलेका यी दुई नेताबीच पहिलो पटक यो तहको सौहार्दता देखिएको हो ।

त्यसबेला थापाले आफूलाई हराउन निर्मल निवासबाट पूर्वराजा ज्ञानेन्द्र शाहले नै हस्तक्षेप गरेको आरोप लगाएका थिए । उनले त्यही आक्रोशमा हिन्दुवादी एजेन्डा बोक्ने तर राजाको एजेन्डा नबोक्ने घोषणै गरे। तर त्यसलाई सच्याउँदै राजा नै चाहिने बताइरहेका उनी र लिङ्देनबीचको निकटतालाई धेरै राम्रो सन्देशका रुपमा बुझेका छन् ।

खासगरी गत वर्ष फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतमा नाममा जुटेका राजावादीको संख्या देखेर यी दुई नेता उत्साहित छन् । हजारौँ सहभागी भएपछि दुई नेताले एक हुँदाको शक्ति बुझे पनि अझै एकतातिर अघि बढ्न सकेका छैनन् ।

खासगरी चैत १५ गते दुर्गा प्रसाईं र नवराज सुवेदीको शक्ति प्रदर्शन हिंसात्मक बनेपछि यी नेता झस्किएका छन् । राजावादी आन्दोलनलाई प्रसाईंको हातमा सुम्पेको भन्दै लिङ्देनले त निर्मल निवासमा पुगेर पूर्वराजासँग असन्तुष्टि पनि जाहेर गरिसकेका छन् ।

यद्यप पूर्वराजाले प्रसाईंलाई आफूले जनकमान्डर नबनाएको जवाफ दिएका थिए । राप्रपाले बल्खुमा गत २६ चैतमा गरेको कार्यक्रममा पनि राजावादी यसरी जुटेका थिएनन् ।

भिडियोमा पनि हेर्नुहोस् :

तर राप्रपा नेपालको मञ्चमा पुगेर राजावादीले एकताको सन्देश दिएका छन् । थापा र लिङ्देनबीचको यो सौहार्दताले अब उनीहरूमाथि कार्यकर्ता पंक्तिबाट एकताको दबाब बढ्न सक्नेछ ।

चैत १५ को तीनकुने प्रदर्शनबाट धक्का व्यहोरेको राजावादी आन्दोलनलाई उठाउन यी दुई नेतालाई एक ठाउँमा ल्याउने कोसिस पनि भइरहेको छ ।

May be an image of 6 people, temple and text

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ४ : १७ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको