‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ « Khabarhub

‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्जका उद्योगी-व्यवसायीले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात गर्दा भोग्नुपरेका बाधा तथा अड्चन फुकाउनका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावाससँग अनुरोध गरेका छन् । 

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले कोलकाता, हल्दिया बन्दरगाहबाट वीरगञ्जसम्म हुने अन्तर्राष्ट्रिय व्यापार तथा परिवहनसँग नेपाली आयात तथा निर्यातकर्ताले भोग्नुपरेका समस्या विषयक अन्तरक्रियामा विदेशी मुलुकबाट नेपालका लागि आयात गरिएका वस्तु तथा सामान झन्झटिलो प्रक्रिया र लागत बढेकाले घटाउनका लागि अनुरोध गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले नेपाली उद्योगी व्यवसायीले आयात गरेका वस्तु तथा सामान कोलकोता र हल्दिया सुक्खा बन्दरगाहमा प्राथमिकतामा नपर्दा उद्योगी व्यवसायीको समय र लागत दुवै बढेको बताए।

अध्यक्ष टेमानीले नेपालले पनि आफैँ मालवाहक कार्गो रेल्वे ¥याक पनि सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए। 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष माधव राजपालले वीरगञ्जको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी र सीमावर्ती सहर रक्सौलको एकीकृत जाँचचौकी खुल्ने समयमा एकरूपता कायम गर्नुपर्ने बताए। 

कार्यवाहक अध्यक्ष राजपालले पछिल्लो समय विदेशी मुलुकबाट आयात हुने सामानको मूल्य बढेकाले पनि घटाउनेतर्फ पनि आवश्यक कदम चाल्नका लागि सुझाव दिए । नेपाल फ्रेड फर्वाड एसोसिएसनका अध्यक्ष राजेन्द्र सङ्ग्रौलाले भारतीय मालवाहक कन्टेनरको मूल्यभन्दा जरिवानाबापतको मूल्य धेरै भएकाले पनि वीरगञ्ज सुक्खा बन्दरगाहको पार्किङ खाली कन्टेनरको चाङ लागेको बताए। 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यालय प्रमुख मनोज उपाध्यायले सरकार आफैँले कार्गो रेल्वे ¥याक सञ्चालन गरेर आत्मनिर्भर हुनुपर्ने सुझाव दिए । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात र स्वदेशबाट निर्यातमा भइरहेको प्रक्रियागत झन्झट र अन्य चुनौती समाधान गर्नका लागि यस्ता बहसमूलक कार्यक्रम निरन्तर गर्नुपर्ने धारणा राखे। 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबैसँग समन्वय र सहकार्य गरेर आयात र निर्यातमा देखिएका समस्या हल गर्नुपर्ने बताए । कोलकोतास्थित नेपाली महावाणिज्य दूतावासका वाणिज्य दूत झक्कप्रसाद आचार्यले आयात र निर्यातमा देखिएका समस्या र चुनौतीलाई सम्बोधन गर्नेतर्फ प्रयास गर्ने बताए।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : १६ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग