यसरी गरियो रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू) « Khabarhub

यसरी गरियो रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ललितपुर- रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । यससँगै यही वैशाख १८ गते ललितपुरको पुलचोकबाट रथ तान्न सुरु गरिनेछ । 

वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो । 

रातो मछिन्द्रनाथ जात्रा करिब एक महिनासम्म विभिन्न टोलमा घुमाउँदै सम्पन्न हुने छ ।

रातो मच्छिन्द्रनाथ जात्रा नेपालकै सबैभन्दा लामो रथ जात्रा हो । जुन ललितपुरका गल्लीहरू हुँदै महिनौँसम्म तानिन्छ। जात्राको अन्त्यमा जावलाखेलमा ‘भोटो जात्रा’ मनाइन्छ । जहाँ पवित्र भोटो सर्वसाधारणलाई देखाइन्छ।

महास्नान लगनखेलमा विशेष तान्त्रिक विधिबाट सम्पन्न गरिएको थियो । जुन रथ निर्माण र सुरु हुने जात्राको तयारीको औपचारिक सुरुआत हो।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ७ : ३१ बजे

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५