सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्छ : मन्त्री दाहाल « Khabarhub

सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्छ : मन्त्री दाहाल


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सङ्घीयताको मर्म अनुरूप नेपालका सबै प्रदेशमा उचित रुपमा विकासका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका छन् ।

मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज बर्दिबासमा आयोजित ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ कार्यक्रममा उनले संविधानमा उल्लेख गरिएको हकअधिकार सदुपयोग हुने गरी सातवटै प्रदेशको विकासमा राज्यको भूमिका हुनुपर्नेमा जोड दिए । 

उनले प्रत्येक प्रदेशका विशेषता अनुसारको आआफ्नै समस्या रहेकाले त्यस्ता समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए। 

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको विशेष पहलमा आज सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीलाई मधेस प्रदेशमा जमघट गराएर विकासका गतिविधि, सम्भावना, चुनौती र अभ्यासहरू साझा गरिएकामा मन्त्री दाहालले खुसी व्यक्त गरे।
 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ७ : ५१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना