पहलगाम हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन « Khabarhub

पहलगाम हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको जम्मू कश्मीरस्थित पहलगाममा वैशाख ९ गते भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । उक्त आक्रमण नेपाली युवा सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो ।

सोमबार दिउँसो काठमाडौंमा रहेको पाकिस्तानी दूतावास अगाडि युवाहरूले भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हिन्दू विरोधी आतंक बन्द गर’ भन्ने नारा लगाएका थिए ।

आक्रमणमा मारिएको नेपाली युवा न्यौपानको तस्बिरसहित प्रदर्शनमा उत्रिएका युवाहरुले कालो ब्यानरमा ‘पाकिस्तानका सेना प्रमुखको हिन्दू विरोधी मन्तव्य मुर्दावाद’ लेखेर प्रदर्शन गरेका थिए ।

पहलगाम हत्याको विरोधमा यसअघि शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएका थिए । नेपाल नागरिक अभियानले आयोजना गरेको प्रदर्शनमा सयौं नागरिक सहभागी भएका थिए ।

पहलगाम घटनाको नेपालको संसद्‌मा समेत विरोध भइरहेको छ । नेपालले पनि उक्त आक्रमणको घार निन्दा गरेका थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ५३ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार