मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ताले भने : शिक्षकहरुसँगको वार्ता सकारात्मक | Khabarhub Khabarhub

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ताले भने : शिक्षकहरुसँगको वार्ता सकारात्मक


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक भएको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकपछि संचारकर्मीहरु सँग बालुवाटारमा बोल्दै सञ्चारमन्त्री गुरुङले शिक्षामन्त्रीले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग गरेको वार्ता सकारात्मक भएको जानकारी प्राप्त भएको बताए ।

पर्सिसम्ममा शिक्षकहरूका मागबारे सहमति भई विद्यालय सञ्चालनको वातावरण बन्ने अपेक्षा गरिएको बताए ।

मन्त्रिपरिषदको बैठक बस्नु अघि सरकारका ३ मन्त्रीहरु अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त र एमाले महासचिव शंकर पोखरेल साथै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघका पदाधिकारीहरुसँग आन्दोलन र मागका बारेमा छलफल गरेको बुझिएको छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा भएको करिब ३ घण्टा छलफल गरेर ३ जना मन्त्रीहरु मन्त्रिपरिषदको बैठकमा बालुवाटार गएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : ०१ बजे

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौँ – काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ

प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर