स्पेन र पोर्चुगलका धेरै भागमा विद्युत् बन्द, रेल र हवाई सेवा स्थगित « Khabarhub

स्पेन र पोर्चुगलका धेरै भागमा विद्युत् बन्द, रेल र हवाई सेवा स्थगित


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

मड्रिड – स्पेनको विद्युत कम्पनी रेड इलेक्ट्रिसियाले देशभर विद्युत् आपूर्ति बन्द भएको जनाएको छ। अहिले विद्युत् सेवा पुनःस्थापना गर्ने र ब्ल्याकआउटको कारण पत्ता लगाउने प्रयास जारी छ ।

सोमबार कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘समस्या चाँडै समाधान गर्न सबै स्रोत र जनशक्तिको प्रयोग भइरहेको छ।’

समाचार संस्था रोयटर्सका अनुसार, पोर्चुगलमा पनि विद्युत् कटौतीका कारण स्थिति बिग्रिएको छ। त्यहाँ ट्राफिक बत्तीहरू बन्द भएका छन् । लिस्बन र पोर्टो सहरमा मेट्रो सेवा रोकिएको छ । रेल सेवा पनि स्थगित गरिएको छ।

त्यसैगरी, स्पेनमा आयोजना भइरहेको म्याड्रिड ओपन टेनिस प्रतियोगिता पनि विद्युत् कटौतीका कारण रोकिएको छ।

पोर्चुगलको एयरलाइन्स ट्याप एयरले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : १७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना