आज २०८२ साल जेठ १४ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल जेठ १४ गते बुधबारको राशिफल


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १४ गते बुधबार। जेठ शुक्ल पक्षको प्रतिपदा तिथि। दशहरा स्नानको सुरुवात। तदनुसार सन् २०२५ मे २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। साझेदारीमा गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी कडा रुपमा प्रस्तुत हुँदा तपाईं शान्त बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

वृष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। आफन्तको सहयोग मिल्नेछ। फलामको व्यापारमा फाइदा हुनेछ।

मिथुन : सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारको साथले मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : व्यापारमा नाफा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्नेछ। आज बनाएको योजना दीर्घकालीन बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

सिंह : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। हरेक क्षेत्रमा सोचेको काम बन्नेछ। अढैया शनिदेवका कारणले बोली र व्यवहारमा एकरुपता देखाउनुपर्नेछ। दाम्पत्य जीवनमा संकट आइपर्ने जोखिम छ। शिक्षामा प्रगति हुनेछ।

कन्या : शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। विपक्षी साथीको साथमा तपाईंको काम बन्नेछ। धार्मिक व्यक्तिसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेछ। पे्रम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंको श्रम लुटेर रमाउने साथीसँग सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। विपक्षी साथीको साथ मिल्नेछ। घरबाट भन्दा परबाट तपाईंको प्रशंसा हुनेछ।

वृश्चिक : सोचेको काम बन्ने दिन छ। परोपकारमा हात अगाडि बढाउनु उचित हुनेछ। शिक्षामा गरेको अध्ययनले सार्थकता पाउने छ। धार्मिक विषयमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

धनु : रोगमुक्त हुने दिन छ। साथी र सहकर्मीबाट असहयोग हुनेछ। आज यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : शिक्षाको लगानीबाट फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। विपक्षी साथीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। मन अशान्त बन्नेछ। साथीसँग सहकार्य गरेर काम गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : दिन सामान्य छ। टाउको दुख्ने जोखिम छ। आज आफन्तसँग नम्र भएर बोल्नु उचित हुनेछ। बौद्धिक क्षेत्रका साथीले अपमान गरेको महसुस हुनेछ। परिवारको सल्लाहमा मात्र अगाडि बढ्नु उचित हुनेछ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ०२ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति