५० वर्षमा पहिलो पटक क्यानडाको संसद्‌‌मा बेलायती राजाको सम्बोधन « Khabarhub

५० वर्षमा पहिलो पटक क्यानडाको संसद्‌‌मा बेलायती राजाको सम्बोधन


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

क्यानडा – राजा चार्ल्सले क्यानडाको संसद्‌‌ सम्बोधन गर्दै कुनै पनि देशसँगको सम्बन्धको अस्थायी हुने भए पनि राष्ट्रको सार्वभौमिकता स्थायी र महत्त्वपूर्ण भएको कुरामा जोड दिएका छन्। राजा चार्ल्सले मंगलबार क्यानडाको संसद्को उद्घाटन गर्दै सो कुरा बताएका हुन्।

क्यानडामा ५० वर्षमा पहिलो पटक क्यानडाको संसद्को उद्घाटनको क्रममा बेलायती राजाले सम्बोधन गरेका हुन्। अप्रिल महिनामा भएको आम निर्वाचनमा सफलता पाउँदै प्रधानमन्त्री भएका मार्क कार्नीको नीतिलाई प्राथमिकतामा राख्दै उनले सम्बोधन गरेका थिए।

क्यानडाका संसद्‌‌मा राजाले यसअघि पहिलो पटक सन् १९५५ मा सम्बोधन गरेका थिए। एलिजाबेथ द्वितीयले पहिलो पटक स्वतन्त्र क्यानडामा सम्बोधन गरेकी थिइन्।

राजा चार्ल्सले सो सम्बोधनको क्रममा क्यानडाले अस्वाभाविक चुनौतीको सामना गरी रहेको बताए। उनले देशको आवश्यकता अनुसार साझेदार देशसँगको सम्बन्धमा परिवर्तन हुने कुरा बताए।

उनले कार्नीको नयाँ अर्थ नीतिको समेत प्रशंसा गरेका छन्। कार्नीले १ जुलाई देखि लागु हुने गरी धेरै नीति लिएका छन्। कार्नीको सो नीतिले क्यानडाका अर्थतन्त्र तेजीतर्फ उन्मुख हुने बताएका छन्। त्यहाँका हाउजिङ क्षेत्रमा आएको समस्या समाधान तथा अपराध न्यूनीकरणका विषयमा पनि छलफल गरेका छन्।

कार्नीले क्यानडाले रक्षा खर्च गर्ने नीतिको बारे पनि चर्चा गरेका छन्।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ५९ बजे

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको