प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ? « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी सांसदका मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन–२०८२’ पेस गर्ने छिन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन–२०८२’ पेस गर्ने छन् ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१–०८२ को आर्थिक सर्वेक्षण’ पेस गर्ने छन् ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८२ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी मन्त्री अधिकारीले उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव गर्ने छन् ।

मङ्गलबारको बैठक भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो ।

मङ्गलबारको संसद बैठकमा विपक्षीहरूले अवरोध गरेपछि समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिहरूसँग छलफल गरे पनि विपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेका छन् ।

विपक्षीको अडानका कारण बुधबारको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्ने सम्भावना कमजोर रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ६ : ४८ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६