प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ? | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी सांसदका मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन–२०८२’ पेस गर्ने छिन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन–२०८२’ पेस गर्ने छन् ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१–०८२ को आर्थिक सर्वेक्षण’ पेस गर्ने छन् ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८२ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी मन्त्री अधिकारीले उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव गर्ने छन् ।

मङ्गलबारको बैठक भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो ।

मङ्गलबारको संसद बैठकमा विपक्षीहरूले अवरोध गरेपछि समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिहरूसँग छलफल गरे पनि विपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेका छन् ।

विपक्षीको अडानका कारण बुधबारको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्ने सम्भावना कमजोर रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ६ : ४८ बजे

जेन-जी विद्रोहलाई उपलब्धिविहीन बनाइएको भन्दै राप्रपाका युवाले गरे मौन प्रदर्शन

काठमाडौं– राप्रपाका युवा नेताहरूले काठमाडौंको माइतीघरमा साङ्केतिक मौन प्रदर्शन गरेका

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

कञ्चनपुर– छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल

जेन-जी आन्दोलन : घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री अस्पतालमा

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर

‘इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति संकटमा’

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले पुनः प्रतिबन्ध लागू गरेमा, इरान र अन्तर्राष्ट्रिय

वर्तमान सरकार जनताको मतबाट आएको हैन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान