बुटवलमा एकै परिवारका तीनजनाको हत्या « Khabarhub

बुटवलमा एकै परिवारका तीनजनाको हत्या

पूर्वपत्नी र दुई छोरीको हत्या अभियोगमा सुजन कोइराला पक्राउ


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– रूपन्देहीको बुटवल उपमहानगरपालिका– ११ होराइजनचोकस्थित मिलीजुली पथमा बुधबार बिहानै एक महिलासहित दुई बालिकाको हत्या भएको छ ।

रूपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको दाबी अनुसार पूर्वश्रीमान सुजन कोइरालाले पूर्वपत्नी दीपा बस्याल र दुई छोरीहरू स्नेहा र हिमानीको हत्या गरेका हुन् ।

कोइरालाले चक्कु र हम्मर प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ । सुजन र दीपाबीच केही वर्षअघि सम्बन्ध विच्छेद भएको थियो ।

हत्यामा संलग्न सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार दीपा आफ्ना दुई छोरी लिएर पूर्वश्रीमानको घरमा पुगेकी थिइन् । उनलाई मङ्गलबार छोरीसहित पूर्वश्रीमानले आफ्नो घरमा बोलाएका थिए ।

‘उनी किन गएकी थिइन् भन्ने कुरा अनुसन्धान भइरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले घटनास्थल सुरक्षित गरेर शवको मुचुल्का उठाउने तयारी भइरहेको छ।’

आफ्नै दाजु मारेर जेल बसेका सुजनले संविधान दिवसको अवसरमा केही वर्षअघि आममाफी पाएका थिए ।

हत्या भएकी महिला पाल्पाको तानसेन नगरपालिका– ७ कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन् । उनले केही वर्षपहिले नै सम्बन्धविच्छेद गरी नवलपरासीका अर्का व्यक्तिसँग बिहे गरेकी थिइन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ९ : २६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि