बुटवलमा एकै परिवारका तीनजनाको हत्या « Khabarhub

बुटवलमा एकै परिवारका तीनजनाको हत्या

पूर्वपत्नी र दुई छोरीको हत्या अभियोगमा सुजन कोइराला पक्राउ


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– रूपन्देहीको बुटवल उपमहानगरपालिका– ११ होराइजनचोकस्थित मिलीजुली पथमा बुधबार बिहानै एक महिलासहित दुई बालिकाको हत्या भएको छ ।

रूपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको दाबी अनुसार पूर्वश्रीमान सुजन कोइरालाले पूर्वपत्नी दीपा बस्याल र दुई छोरीहरू स्नेहा र हिमानीको हत्या गरेका हुन् ।

कोइरालाले चक्कु र हम्मर प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ । सुजन र दीपाबीच केही वर्षअघि सम्बन्ध विच्छेद भएको थियो ।

हत्यामा संलग्न सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार दीपा आफ्ना दुई छोरी लिएर पूर्वश्रीमानको घरमा पुगेकी थिइन् । उनलाई मङ्गलबार छोरीसहित पूर्वश्रीमानले आफ्नो घरमा बोलाएका थिए ।

‘उनी किन गएकी थिइन् भन्ने कुरा अनुसन्धान भइरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले घटनास्थल सुरक्षित गरेर शवको मुचुल्का उठाउने तयारी भइरहेको छ।’

आफ्नै दाजु मारेर जेल बसेका सुजनले संविधान दिवसको अवसरमा केही वर्षअघि आममाफी पाएका थिए ।

हत्या भएकी महिला पाल्पाको तानसेन नगरपालिका– ७ कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन् । उनले केही वर्षपहिले नै सम्बन्धविच्छेद गरी नवलपरासीका अर्का व्यक्तिसँग बिहे गरेकी थिइन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ९ : २६ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ