एकीकृत समाजवादीले बिहीबार कार्यकर्ता भेला गर्ने « Khabarhub

एकीकृत समाजवादीले बिहीबार कार्यकर्ता भेला गर्ने


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा कार्यकर्ता भेला गर्ने भएको छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा हुनुका साथै कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइने छ ।

मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक भएकाले सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीसँगको सहकार्यबारे पनि भेलामा विचारविमर्श हुने उपप्रमुख अर्यालले जानकारी दिए ।

यसैबीच, १८औँ गणतन्त्र दिवसका अवसरमा एकीकृत समाजवादीले देशका विभिन्न भागमा सभा, भेला, गोष्ठी, वृक्षरोपण, रक्तदान, दिपावलीलगायत गतिविधि गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ११ : ४४ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र