संसद् बैठकमा प्रतिपक्षीको अवरोध, आधा घण्टालाई स्थगित « Khabarhub

संसद् बैठकमा प्रतिपक्षीको अवरोध, आधा घण्टालाई स्थगित


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।

बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा संसद् बैठक चल्न दिने सहमति भएको थियो । तर प्रतिपक्षीको अवरोधका कारण बैठक अघि बढ्न सकेन ।

बैठक सुरू हुनेबित्तिकै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका सांसदहरूले उभिएर अवरोध गरेका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई स्थगित गरेका छन् ।

निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको हो ।

मंगलबार पनि प्रतिपक्षीको अवरोधपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । छलफलपछि बैठक अहिले दिउँसो १ बजे बसेको हो । पहिलो पटक सूचना टाँस गरेर तय गरिएको समयावधिमा पनि दलहरूबीच सहमति नजुटेपछि दोस्रो पटक सूचना टाँस गरेर बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

सत्तापक्ष र प्रतिपक्षबीच गृहमन्त्री रमेश लेखकबारे सहमति जुट्न नसकेका कारण ढिलो बसेको बैठकमा पनि अवरोध भएको हो ।

सभामुख देवराज बुधबारको बैठकमा गृहमन्त्रीले बोल्न समय मागेकाले वातावरण बनाइदिन आग्रह गरेका छन् । तर प्रतिपक्षी दलहरूले उभिएर निरन्तर विरोध जनाइरहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १ : ०८ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६