भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : सांसद पराजुली « Khabarhub

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : सांसद पराजुली


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।  

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा वर्तमान मन्त्रीपरिषद्का मन्त्री जोडिएकाले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् । 

उनले अख्तियारले स्वतन्त्र रूपमा अनुसन्धान गर्न नपाउने हो कि भन्ने आशङ्का उत्पन्न भएकाले गृहमन्त्री राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गर्नुपर्ने आफूहरूको बटमलाइन भएको स्पष्ट पारे  ।

सांसद पराजुलीले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाए । सत्तापक्ष सांसद वा गृहमन्त्रीलाई बोल्न दिने भए मात्रै प्रतिपक्षीलाई बोल्न नदिने भन्दै सभामुखले बार्गेनिङ गरेको उनले बताए । 

सांसद पराजुलीले आफूहरूको माग यथावत् रहेकाले त्यसलाई सम्बोधन नभएसम्म सदन चल्न नदिने जिकिर गरे । 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : १० बजे

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल