कोशी प्रदेशसभा बैठक : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी « Khabarhub

कोशी प्रदेशसभा बैठक : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता, २०८२’ माथिको छलफलले निरन्तरता पाएको छ । 

छलफलमा कोशी प्रदेशसभा सदस्य राजन किराँती र निरन राईसहित ११ जना सदस्य बोल्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिए । 

उनीहरूले छलफलको क्रममा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई मूर्तरुप दिन विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबाट बन्ने बजेट आम नागरिकलाई अनुभूति गर्ने किसिमको हुनुपर्छ भने । 

उनीहरूले बजेटमा प्रदेशसभाका सदस्यहरूको ९० प्रतिशत योजनालाई समावेश गर्नुपर्ने, जनताको जीवनस्तर सुधार्ने किसिमको हुनुपर्ने, भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिंथेपले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई परिवर्तन गर्न कसैले पनि नसक्ने बताए  । 

उनले अहिलेको परिवेशमा सबैले आफूलाई सच्याउँदै लैजानुपर्ने धारणा राख्दै सरकार सुशासन र सेवा प्रवाहको क्षेत्रमा लागि पर्नुपर्ने विचार राखे ।  

यसैगरी, बैठकको शून्य समयमा  गोम्बु शेर्पा, प्रदीपकुमार सुनवार, रामकुमार खत्री, कमला दर्नाल र किशोरचन्द्र दुलालले  बोलेका थिए । रासस

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : ३३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल