कोशी प्रदेशसभा बैठक : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी « Khabarhub

कोशी प्रदेशसभा बैठक : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता, २०८२’ माथिको छलफलले निरन्तरता पाएको छ । 

छलफलमा कोशी प्रदेशसभा सदस्य राजन किराँती र निरन राईसहित ११ जना सदस्य बोल्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिए । 

उनीहरूले छलफलको क्रममा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई मूर्तरुप दिन विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबाट बन्ने बजेट आम नागरिकलाई अनुभूति गर्ने किसिमको हुनुपर्छ भने । 

उनीहरूले बजेटमा प्रदेशसभाका सदस्यहरूको ९० प्रतिशत योजनालाई समावेश गर्नुपर्ने, जनताको जीवनस्तर सुधार्ने किसिमको हुनुपर्ने, भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिंथेपले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई परिवर्तन गर्न कसैले पनि नसक्ने बताए  । 

उनले अहिलेको परिवेशमा सबैले आफूलाई सच्याउँदै लैजानुपर्ने धारणा राख्दै सरकार सुशासन र सेवा प्रवाहको क्षेत्रमा लागि पर्नुपर्ने विचार राखे ।  

यसैगरी, बैठकको शून्य समयमा  गोम्बु शेर्पा, प्रदीपकुमार सुनवार, रामकुमार खत्री, कमला दर्नाल र किशोरचन्द्र दुलालले  बोलेका थिए । रासस

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : ३३ बजे

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको