भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन सोविताको आह्वान « Khabarhub

भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन सोविताको आह्वान


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेकी छन् । 

गृहमन्त्री रमेश लेखक नै विवादमा परेपछि उनले भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेकी हुन् ।  

सांसद गौतमले भिजिट भिसामा गएका नेपालीलाई आफू विदेश जाँदा अध्यागमन कार्यालयमा दिइएको घुसको विवरण उपलब्ध गराइदिन समेत आग्रह गरेकी छन् । 

‘भिजिट भिसाामा विदेश जानुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध छ ः विदेश जानुअघि वा पछि तपाईँलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घुस तिर्न बाध्य बनायो ?,’ उनले फेसबुकमा लेखेकी छन्, ‘यदि तपाईँसँग प्रमाण छ भने, कृपया मलाई सोविताआरएसपी एटदरेट जिमेल डटकम ( [email protected]) मा पठाइदिनुहोस् ।’

सांसद सोविताले अन्याय सहेर बस्ने नभएर बोल्ने र बदल्ने समय आएको पनि फेसबुकमा भनेकी छन् । ‘अन्याय सहेर बस्ने होइन, बोल्ने र बदल्ने समय आएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हौँ,’ उनले लेखेकी छन् ।

यस्तो छ उनको स्ट्याटस :

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : ३१ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६