महेश बर्तौलाको तर्क- प्रतिपक्षीहरूले गृहमन्त्रीलाई बोल्न नदिएर असंसदीय चरित्र देखाए « Khabarhub

महेश बर्तौलाको तर्क- प्रतिपक्षीहरूले गृहमन्त्रीलाई बोल्न नदिएर असंसदीय चरित्र देखाए


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाएको आरोप लगाएका छन् ।

बुधबार संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाएको बताएका हुन् ।

उनले आफूमाथि लागेको आरोपका सन्दर्भमा गृहमन्त्रीले सदनमा आफ्नो धारणा राख्न पाउनुपर्ने जिकिर पनि गरेका छन् ।

बर्तौलाले सरकारलाई रोस्टर्ममा पुग्नका लागि नाकाबन्दी लगाउने प्रतिपक्षीको कार्यशैली दु:खद रहेको भन्दै त्यो स्वीकार्य नहुने पनि बताए ।

उनले सत्तापक्षका सांसदहरूलाई समेत जनसरोकारका मुद्दामा बोल्न नदिनु उचित नभएको भनाइ राखेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ३ : २४ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६