प्रधानमन्त्रीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट | Khabarhub Khabarhub

प्रधानमन्त्रीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा दुईपक्षीय हित, आपसी सम्बन्ध एवं बहुपक्षीय सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उनीहरूबीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएको अवगत गराए ।

उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका साथै अन्तरराष्ट्रिय मञ्चमा दुई देशबीचको सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए । सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुई देशबीचको सम्बन्ध नजिक भएको छ । –रासस

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ०५ बजे

शान्तिपूर्वक चाडपर्व मनाउन स्थानीय प्रशासनको आग्रह

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन

पाकिस्तान–साउदी अरेबिया रक्षा सम्झौता : आणविक छायाँ, क्षेत्रीय शक्ति सन्तुलन र रणनीतिक अस्पष्‍टता

 एजेन्सी- पाकिस्तान र साउदी अरेबियाबीच यसै महिना हस्ताक्षर भएको नयाँ

मेची नदीमा निर्मित झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

झापा– मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा

आज विधिपूर्वक स्कन्दमाताको पूजाआराधना गरियो

काठमाडौं– नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा

चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं– नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार