विपक्षीलाई गृहमन्त्रीको प्रश्न- मेरा विरुद्ध उजुरी छ ? « Khabarhub

विपक्षीलाई गृहमन्त्रीको प्रश्न- मेरा विरुद्ध उजुरी छ ?


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफूमाथि कतै उजुरी छ भनेर प्रश्न गरेका छन् । भिजिट भिसामा आफूलाई मुछिएको प्रसंगमा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले आफूमाथि कतै उजुरी नभएको भन्दै प्रश्न गरेका छन् ।

‘न्याय त मैले पनि पाउनुपर्ने होला नि ? मेरा विरुद्ध उजुरी छ ? मेरा विरुद्ध छानबिन भइराख्या छ ? यसरी राजनीतिक पूर्वाग्रह राखेर राजनीतिक नेतृत्वमाथि जोड्दै जाने हो भने कसरी सम्भव होला ?’, उनले भने ।

उनले आफ्नो कार्यकाल अगाडि पनि तीन वटा गृहमन्त्रीको पालामा मन्त्रालयका कर्मचारीमाथि मुद्दा परेको तर, ती मन्त्रीले राजीनामा नदिएको उनले बताए ।

‘यस पूर्व तीन जना मेरा आदरणीय नेताले यो मन्त्रालय सम्हालेका त्यो बेलामा पनि यसैगरी प्रश्न उठेका थिए । तर, कति मन्त्रीले राजीनामा दिनुभयो कतिले दिनुभएन ?’, उनले भने । 

साथै उनले राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गर्दा सम्बन्धित मन्त्रालयको नेतृत्वलाई नै जोड्ने हो र त्यो ढंगले जाने हो भने शासन व्यवस्था ठिक ढंगले नचल्ने समेत बताए ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ३५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल