विपक्षीलाई गृहमन्त्रीको प्रश्न- मेरा विरुद्ध उजुरी छ ? « Khabarhub

विपक्षीलाई गृहमन्त्रीको प्रश्न- मेरा विरुद्ध उजुरी छ ?


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफूमाथि कतै उजुरी छ भनेर प्रश्न गरेका छन् । भिजिट भिसामा आफूलाई मुछिएको प्रसंगमा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले आफूमाथि कतै उजुरी नभएको भन्दै प्रश्न गरेका छन् ।

‘न्याय त मैले पनि पाउनुपर्ने होला नि ? मेरा विरुद्ध उजुरी छ ? मेरा विरुद्ध छानबिन भइराख्या छ ? यसरी राजनीतिक पूर्वाग्रह राखेर राजनीतिक नेतृत्वमाथि जोड्दै जाने हो भने कसरी सम्भव होला ?’, उनले भने ।

उनले आफ्नो कार्यकाल अगाडि पनि तीन वटा गृहमन्त्रीको पालामा मन्त्रालयका कर्मचारीमाथि मुद्दा परेको तर, ती मन्त्रीले राजीनामा नदिएको उनले बताए ।

‘यस पूर्व तीन जना मेरा आदरणीय नेताले यो मन्त्रालय सम्हालेका त्यो बेलामा पनि यसैगरी प्रश्न उठेका थिए । तर, कति मन्त्रीले राजीनामा दिनुभयो कतिले दिनुभएन ?’, उनले भने । 

साथै उनले राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गर्दा सम्बन्धित मन्त्रालयको नेतृत्वलाई नै जोड्ने हो र त्यो ढंगले जाने हो भने शासन व्यवस्था ठिक ढंगले नचल्ने समेत बताए ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ३५ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय