‘काठमाडौं कब्जा गर्ने’ बोली एमालेको हो : शंकर पोख्रेल « Khabarhub

‘काठमाडौं कब्जा गर्ने’ बोली एमालेको हो : शंकर पोख्रेल


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोख्रेलले केपी शर्मा ओली प्रधानमन्त्री मात्रै नभई एमालेका अध्यक्षसमेत रहेकाले पार्टीको नीतिसम्बन्धी विषयमा बोल्दा राज्यको नीति हो भनेर नबुझ्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्नेलगायतका अभिव्यक्ति दिएका थिए । सोही सन्दर्भमा आलोचित भएका ओलीलाई बचाउ गर्दै महासचिव पोख्रेलले उक्त अभिव्यक्ति नेकपा एमालेको भएको सङ्केत गरे ।

उनले एमाले मात्र नभई सबै राजनीतिक दलका प्रतिनिधिलाई जेठ १५ गते गणतन्त्र उत्सव मनाउन उपस्थित हुनुपर्ने बताए ।

बुधबार काठमाडौंमा प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन भएकाले उत्सवका रूपमा मनाउन लागिएको बताए । महासचिव पोखरेलले सांस्कृतिक झाँकीसहित उत्सव आयोजना हुने बताए ।

उनले यही व्यवस्था नै उन्नत भएको भन्दै एमालेको ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रित भएकाले सबैलाई त्यसतर्फ केन्द्रित हुन आग्रह गरे । उनले राजनीतिक दलबीच सहमति भए संविधान संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरी बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजान प्रस्ताव गरे ।

पोखरेलले भने, ‘हाम्रो कार्यक्रम कसैको विरोधका लागि होइन ।’

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ४५ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका